google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> कविता : म कवी होइन मेरा कविता कविता होइनन् - सम्बोधन

Video Of Day

Breaking News

कविता : म कवी होइन मेरा कविता कविता होइनन्



प्रकाश विहीन  

अचेत मानव हृदयमा चेतनाको वाढी ल्याई
सचेत पार्न सक्नुपर्थ्यो सकिन त्यसैले
म कवी होइन मेरा कविता कविता होइनन् ।
 
अतितको पीडामा पिल्सिएका पीडित मनहरुलाई
निकासा दिलाउन सक्नुपर्थ्यो सकिन म कवी होइन मेरा कविता कविता होइनन् ।
 
आफ्नो पहिचानको खोजी गर्दा
देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आईसक्दा
अझ भनै सारा विश्व साँघुरो कोठा भईसक्यो ।
तर यहाँ उहि पुरानो सडेगलेको
यथास्थिती भनै वा सामान्तवादी सोच
चुलो छुदैमा हजारौं मानवीरेहरु मरिरहेछन् ।
दलित भएकै कारण
हजारौं श्रावण, अमृता र अमृताहरु आत्महत्या गर्न विवश छन् ।
मानवअधिकार लुटिदै छ । जिउने आधार भुटिदैछ ।
किन कि कसैका लागि गणतन्त्र फालाफाल भा छ
कसैका लागि भिषणरुपी अनिकाल भा छ ।
कसैको लागि गहिरो अन्धगल्छी त
कसैका लागि अलिसान महलको ग्रेटवाल भा छ ।
यी अराजकता अनैतिकता दण्डहिनता र परधिनताको तुवालोलाई छिचोल्दै , छिमल्दै आशाका दियालाहरु वाल्न सक्नुपर्थ्यो सकिन् त्यसैले म कवी होइन मेरा कविता कविता होइनन् ।
 
हाम्रो आन्दोलनलाई अव
सर्वहारा श्रमजिवी वर्गीय आन्दोलनसँग
सिंगै देशको अस्मितासँग, गरिविको व्यवस्थासँग
सामाजिक अर्न्तघुलन समतामुलक समाजसँग
जातिसँग होईन
शोषणमा आधारित व्यवस्था र सो व्यवस्थामा वकालत गर्दै
चिनियाँ र रुसी जस्तै सार नेपालीलाई परिर्वतनको मोर्चामा गोलवन्द वानाउन सक्नपर्थ्यो सकिन
त्यसैले म कवी होइन मेरा कविता कविता होइनन् ।
 
मलाई थाहा छ ,
तिमीलाई पनि थाहा होला
पेरिस कम्युनसम्म माक्सवाद जन्मियो ।
आक्टुवर क्रान्तिले, लेनिनवाद जन्मायो ।
चिनियाँ क्रान्तिले माओवाद जन्मायो ।
हो यहाँ फेरि एउटा क्रान्ति आवाश्यक छ ।
हत्या हिंसा लुटपाट नभई शान्ति आवाश्यक छ ।
युगकवी सिद्धिचरण श्रेष्ठले भने जस्तै
क्रान्तिविन लौ कस्ले देख्यो शान्ति परिको घरबार
त्यसैले क्रान्तिको उज्यालो चाहिन्छ यहाँ ।
किनकि विश्वको श्रीपेच नेपाल बचाउनु छ ।
यहाँका वुद्धुलाई सच्याउनु छ । अनि एउटा सुनौलो इतिहास रच्नुछ ।
तिमीलाई थाहा छ या छैन
मलाई राम्रो अनुभव र ज्ञान प्राप्त भयो
ओस चाटेर प्यास मेटिने रहेनछ । आशाको खेतीले पेट भरिने रहेनछ ।
त्यसैले तिमीले चलाएको वर्वरता विरुद्धमा । तिमीले गरेको अन्यायको विरुद्धमा
हामी प्रतिकार गर्न पीडितमनहरु प्रतिवद्ध छौं लामवद्ध हुन्छौ ।
अर्को नया मोर्चामा गोलवद्ध हुँदैछौ ।
अव हो सगर
सासकहरुहो देशको स्वभिमान भाँचिएकोछ। सभ्यता खोसिएको छ अस्मिता लुटिएको छ
यसको रक्षाको निम्ती पीडितहरु क्रान्तिको झिल्को बन्दैछन ।
विस्फोटित हुदैछन् ।
भन्दा सामान्य तर भोग्दा काहाली लाग्दो................
पलपलमा हजारौ चोटहरुले आहात मन अनि
थिल्थीलिएको हृदयमा शितलाताको मलमपट्टी लगाउन सक्नुपथ्र्यो
सकिन् त्यसैले म कवि होइन मेरा कविता कविता होइनन् ।
 
तिमीलाई मन पर्दैन म चाहान्छु
यो समाजमा धनी कोही गरीव कोही नहोस्
यो समाजमा रुने अनि रुवाउने कोही नहोस्
हो हामी चाहान्छौ
यो समाजमा दलित कोही अनि दमित कोही नहोस्
यो समाजमा श्रमजीवी कोही श्रमचोर कोही नहोस्
हामी वर्गहिन ,राज्यविहीन साम्यवादी सुन्दर समाज चाहान्छौ ।
यतिवेला झमक दिदिलाइ जस्तै मलाइ पनि प्रश्न गर्न मन लाग्छ ।
के मेरा आखाले परिवर्तनको सपना देख्नु पाप हो
मैले सुन्दर जगतको कल्पना गर्नु अपराध हो
यो गल्ती हो भने मेरा फुटाइदेउ मेरा आँखा
यो पाप हो भने तोडिदेउ मेरा सपना
नत्र...........
धर्मका ठेकेदारहरु हो भुइफुट्टा सामान्ती र श्रमचोरहरु हो
होसियार अब
सर्वहारावर्गको नेतृत्वमा आन्दोलनमा हेलिएका छौ,युद्धमा हेलिएका छौ ।
सर्वहारावर्गको नेतृत्वमा विद्रोहमा लागेका छौ ।
क्रान्तिमा होमएका छौ
किनकी तिमीले भने जस्तो वरवादी होइन
मैले देखेको समाज तिमीले छेकेको समाज
मैले चाहेको तिमीले नचाहेको
हो त्यही सामान्तवादको धुँवा उडाउने
गरिवीको व्यवस्थामा आधारित
नयाँ जनवादी समाज
हो वर्गहिन राज्यहिन नयाँ साम्यवादी समाज हो
अन्तमा पाउनु र गुमाउनुको  अर्थहिन युद्धमा
विजयीवनी मृगतृष्णालाइ प्रस्टाउन सक्नुपर्थ्यो सकिन्
त्यसैले म कवि होइन मेरा कविता कविता होइनन्


No comments

Please do not enter any Spam link in the Comments box.