नयाँले त नयाँ नै रोज्छ ! खोज्छ !
![]() |
चूडामणि रेग्मी |
सङ्खुवासभाको वानामा जन्मिएका चूडामणि रेग्मीले २०१२ सालमा बनारसबाट प्रकाशित ‘रहर’ कविता सङ्ग्रहमा “हामी युवा बढदैछौ” भन्ने कविताबाट कविता यात्रा सुरु गरे । २०२१ साल पछि रेग्मीका कविता‚ उषा रत्न श्री पत्रिकामा छापिएका छन् भने २०२६ साल देखि युगज्ञानका प्रश्सत अङ्कहरुमा गजवाष्टक लगायत थुप्रै किवता प्रकाशन गरे । उनको कविता लेखन कार्य २०१२ सालदेखि नै सुरु भए पनि पुस्तकाकारको रूपमा २०५० सालदेखि मात्र आरम्भ भएको पाइन्छ ।कविताको प्रमुख विषय राजनीति‚ झोडा समस्या पन्चेहरुको मनोमानी शासन व्यवस्थाका साथै समाजमा नारीहरुले भोग्नु परेको कारुणिक अवस्था‚ निम्न वर्गले भोगेको आर्थिक विषमता भएकोले रेग्मी नारीवादी‚ मानवतावादी‚ प्रगतिशील कविका रूपमा देखिएका छन् । प्रस्तुत छ उनिसंग गरिएको कुराकानी
१ । समकालिन नेपाली साहित्यको समग्र स्थिति कस्तो छ ?
सधैं सधैं वाटो अगाडि सर्ने नै हुन्छ ,तर हिंड्न नजान्ने पछाडि पछाडि लत्तो छाडी सर्छन् ! क्या’र्न्रे !
२। साहित्य लेखेर बाच्न सक्ने अबस्था छ कि छैन ?
यो प्रश्न पुरानो भयो -नरिसाउने ल ! अघि अघि यो प्रश्न थियो ,तर देख्नु भएको छैन अचेल -नाना वाद ,फलाकाले मात्र होइन ! नाना राजनीति, खप्पिसले साहित्यवाट नै कति गरेका छन् ! मलाई तपाईं काठमाडौं वस्नु पर्ने मान्छे ! भन्दा हाँस उठ्छ ! सिल्लीले दिल्ली जानु पर्दैन ! भन्छ मेरो मन !
३। तपाईको लागी साहित्य के हो ?
निकै कठिन लाग्छ अचेल प्रश्नको उत्तर दिन -सायद के भन्ने /भन्ने / लागेर हो कि / साहित्य केको लागि ? को उत्तर हुन्छ -छोटोमा ,यहाँका कला साहित्य सम्स्कृति यावत् मान्छेको जीवनका लागि। व्यक्तिवाद लुलो होस् र सामाजिकता दरो होस् =यसको निष्कर्ष -समाजको उँभौलीका लागि साहित्य ,समाजको उत्थानका लागि साहित्य ! तर यहाँ पुरातनका पछौटे के भन्छन् भन्छन् -म वुझ्न छाडें !
४। जिन्दगीको परिभाषा कसरी दिनुहुन्छ ?
जिन्दगी भनेको जटिल रहे छ ! यो पक्का ! सरल होइन ! तर २०१२ साल तिर हामी त्यति खेर पनि नुन ,कपडा महँगो ! भनेर कथा लेख्थ्यौँ ! नुनको सोझो ! भनेका वेलामा नुनको भाउ के थियो होला? ? ?
५।लेखकहरुलाई के सल्लाह दिनु हुन्छ ?
साँच्चो अर्थमा … नयाँले त नयाँ नै रोज्छ ! खोज्छ ! आसालु व्यक्ति नै नयाँ हो -उ सँग आशा विश्वास भरोसा गरौं ! उसैले चिर्छ यो विसङ्गत वर्तमान ।
प्रस्तुति : अधिकारी प्रकाश
No comments
Please do not enter any Spam link in the Comments box.