google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> सफलता दश सुत्रहरु - सम्बोधन

Video Of Day

Breaking News

सफलता दश सुत्रहरु

  • आफ्नो लक्ष्य निर्धारण गर्नुहोस र सधै त्यसमा कठिबद्द भएर लाग्नुहोस् ।
  • डरलाई सधैभरि जित्नुहोस । म सफल बन्दिन, यो काम गर्नसक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजैदेखी टाढा राख्नुहोस् ।
  • सधै क्रीयशिल रहनुहोस् । एक रात मै सफल हुन सकिदैन भन्ने तथ्य बुझ्नुहोस् र लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई ख्याल गर्नुहोस् ।
  • धेरै सोचेर र प्लान गरेर नबस्नुहोस् । कुनै काम गर्नु छ भनेत्यसलाई तरुन्तै सम्पन्न गर्नुहोस् ।
  •  सधै खुल्ला सोच राख्नुहोस् । जीवनमा सफलता पाउन धरैबाटाहरु रहेको तथ्य नभुल्नहोस् ।
  • सफल व्यक्तिको जिवनीबाट पाइने एउटा ज्ञान भनेको स्याक्रिफाइज हो । त्यसैले केही ठूलो पाउन ससाना कुरा गुमाउनपर्छ भने नडराउनु होस् । त्यस्तै टिभी, इन्टरनेट,अनावश्यक घुमघाम र खराब बानीबाट टाढा बस्नुहोस् ।
  • आफू सहि बाटोमा छु कि छुइन भनेर सधैभरी सचेत रहनुहोस्। यदि गलत बाटोमा हुनुहुन्छ भने जति मेहनत गरेपनि त्यसलेतपाईको लक्ष्यमा केही महत्व राख्दैन ।
  • लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाकी छ भन्दा पनि कति बाटो हिडिसके भनेर सधैभरी ख्याल राख्नहोस् ।यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउछ भने अर्को तर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।
  • मानिसलाई सफलताको लागि पैसाको पनि आवश्यकता पर्छ ।आफूसँग भएको पैसा सधै सही ठाउँमा मात्र प्रयोग गर्नुहोस् ।
  • सधैभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको माझमा मात्र बस्नुहोस् ।  …. सफलता तपाईको मुठ्ठीमा छ ।

No comments

Please do not enter any Spam link in the Comments box.