उपहार
चन्चले नक्कले आनी बानी रुपरंग
छाडी गयो, धोकेबाज, खेली तनसंग
मन दुख्छ, मुटु दुख्छ, दुख्छ अंग अंग
दिन्छु भन्थ्यो, जुनी जुनी साथ तिमीलाई
चाँदनी उपहार,पुर्णीमाको रात तिमीलाई
लुटि गयो,सर्वस्व छैन कै बाँकी उमंग
मन दुख्छ, मुटु दुख्छ, दुख्छ अंग अंग
आफ्नै मुटु आफ्नै धड्कन भएपछी पराई
आशा कस्को, विस्वास अब भयो यहाँ गराई
माया के हो ? पीडा के हो ? सिक्दै समयसंग
जिउनु छ सार्थक जीवन, भरी खुसीको रंग
मिती 2076 /4/22
No comments
Please do not enter any Spam link in the Comments box.