फेमिनिष्टहरुको नाममा
![]() |
©Prakash Adhikari |
नेपाल टेलिभिजनको
‘गेष्ट रुम’मा बसेर
समाजको ‘कालो धब्वा’
मुटुनै काँप्ने गरी
छाउबारे दिएको
तिम्रो तर्क अन्तिम सत्य जस्तै
म एउटा दर्शक
लाग्यो यस्तो पो अभिव्यक्ति ।
...
प्रतिरोधी सौन्दर्यमाथी
तिम्रो समिक्षा
जब छापियो ‘सारङ्गी न्युज डटकम’मा
मेरो साराका सारा
सौन्दर्य चेत खरानी भए
मन महाशुन्य शुन्य भयो
म एउटा पाठक
लाग्यो यस्तो पो सौन्दर्य
यस्तो पो समिक्षा ।
...
टुडिँखेलमा
करोडौ सिँहहरुको माझमा
बाघझैँ गर्जिएर
माग्दा आमाको नाममा नागरिकता
माग्दा समानान्तर हक
भावुक बनेका उनी
गम्भिर बनेकी तिमी
बजाईरहेका ताली
म एउटा स्रोता
सुने एउटा लोक्कल रेडियोबाट
लाग्यो यस्तो पो साहस
लाग्यो यास्तो पो हिम्मत ।
…
केही समय अघि
बोक्सी भन्दै बैद्धिक जथ्थाले
निर्धात कुटेर हत्या गरेको लक्ष्मी
तल्लो जातसँग प्रेम गरेको भन्दै
सिंगो समाजले संवेदनशिल अंगमा
लठ्ठी कोचिदिए पछि
भएको निर्मम हत्या होस्
वा,
सात वर्षिया नाबालीकाको
सामुहिक बलात्कार गर्ने
यौनपिपासु विरुद्ध
अदालतमा परेको मुद्दामा
तिमीले गरेको बहस
र सर्वोच्चको फैसला पश्चात
पिडीतको ओठमा
लालीले उन्मुक्त गुँरास जस्तै
राताम्मे भएर फुलेको खुसि
अदालत बाहिर जनताहरुले
गरेको तिम्रो जयजयकार
त्यसपछि तिमी
विदेशी अखबारहरुको लागी पनि हट केक बन्यौं
यो पृथ्वी देखी स्वर्ग सम्मको सुखानुभुती थियो
म एउटा अभियान्ता
लाग्यो यस्तो पो समाजसेवा
यस्तो पो वकालत
यस्तो पो सफलता ।
...
मेरो आस्थाको सुनगाभा तिमी
करुणकी प्रतिमुर्ती टेरेशा तिमी
सुकीले जस्तो विद्रोह गरेर
बनाएको तिम्रो इमेज
म एउटा दर्शक
एउटा स्रोता
एउटा अनुयायी
र ,
एउटा पत्रकार बनेर
नियाली रहेछु, तिम्रा हरेक आशनहरु
एकाध हाइप्रोफाइल पुरुषसँग
हिमचिम जोडिदैमा
पुर्ण स्वतन्त्रता उद्घोषनगर
ए आधुनिक नारी
भो नखोक
स्वतन्त्रताको कुरा
तिमीले कल्पना गरेको समाजमा
के एक बिरामी किशोरीलाई
बान्ता गर्न त छुट छ ?
No comments
Please do not enter any Spam link in the Comments box.