google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> विपतमा बलियो मनोविज्ञान कसरी बनाउने ? - सम्बोधन

Video Of Day

Breaking News

विपतमा बलियो मनोविज्ञान कसरी बनाउने ?


तारा माया विश्वर्कमा

कुनै पनि कारण वा अवस्थाले धेरै मानिसहरू एकै पटक प्रभावित हुने घटना, प्राकृतिक प्रकोप तथा महामारी जन्य?पमा फैलिएको अवस्था भोग्नु परेको कठिनाइ र बाधा अढ्चन र परिस्थिती नै विपत हो l वर्तमान समयको अवस्था जुन विश्वमा कोभिड - १९ कोरोना भाइरस महामारीले सृजना गरेको विपतले विश्वलाई नै मनोवैज्ञानिक रूपमा क्षतविक्षत बनाएको छ । कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६०८ जनाको मृत्यु भएको छ । हालसम्मको अध्यावधिक विवरण अनुसार नेपालमा कोभिड-१९ पुष्टी भएको संख्या ४२ पुगेको छ | संक्रमित ४२ मध्ये ५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । 


जुन अवस्थाले विश्वका विभिन्न मूलुकका हरेक व्यक्तिमा निन्द्रमा गडबडि,टाउको दुखेको महसुश हुनु अनावश्यक डर लाग्नु जस्ता असहज र असमान्य अवस्था उत्पन्न भएको हुनसक्दछ । शरिरमा दुखाइको महशुस, खानामा रूचि नहनु ,झगडा गर्न मनमात्र लाग्ने ,अनावश्यक रिस उठ्नु,दैनिक गरिने काम मा ध्यान नजानु, बोलेको बोलै गर्ने , नैरास्यता देखिने ,आत्महत्याको सोच आउन्र ,अनावश्यक रूपमा खुसी वा धेरै दुखि देखिनु जस्ता मनमा आएको भावना केहि समयको लागि विषम् परिस्थीती सृजना गराउन पनि सक्छ। यस्तो बेला आत्मबल कसरी बलियो बनाउने ? यस्तो विषम् परिस्थीतीले उपजाएको असामान्य अवस्थालाई सहज कसरी बनाउने ? अर्थात विपतमा बलियो मनोविज्ञान कसरी बनाउने भन्ने विषयमा यो केन्द्रित गरिएको छ ।

कोभिड - १९ र यसबाट सिर्जित अहिलेको विषम् परिस्थितिमा हामीले आफु र आफ्नो परिवारको शरीरिक तथा मानसिक स्वास्थ्य ध्यान दिनु मनोबैज्ञानिकरूपमा सहयोग गर्न एकदमै जरूरी छ । त्यसको लागि हामी सबैले आफुलाई शाररिक तथा मानसिक रूपमा तन्दुरूस्थ राख्न विभिन्न उपायहरू अवलम्वन गर्नु महत्वपुर्ण छ । तव मात्र मनोविज्ञानलाई बलियो बनाउन सकिन्छ ।


मनोवैज्ञानिक रूपमा स्वास्थ्य रहने उपायहरू के के हुन् त ?

 हरेक मानिसले आफ्नो दैनिक व्यवाहारिक पक्षह?प्रति सजक रहने ः सरकारले कोभिड - १९ का विरूद्द जारी गरेको रोकथामका उपायहरू राम्रो संग उपयोगमा ल्याउने साथै यसबाट हुन सक्ने कोरोना भाइरसको सक्रमणबाट आफु पनि बचौँ र अरूलाई पनि बचाऊ ।
 आफु र आफ्नो परिवारको आधारभुत आवश्यकताहरू सुनिश्चित गर्ने र परिवारमा एकले अर्काको मनोवल बढाउने र सृजनशिल बनाउने तथा मनलाई सधैँ खुसि राख्ने ।यस्तो आपतकालिन समयमा आधारभुत आवश्यकता पुरा गर्न नसकेको अवस्थामा आवश्यक सहयोगको खोजि गर्ने ।
आपतकालिन परिस्थितिमा आवश्यक पर्न सक्ने सहयोगी निकायह?को जानकारी तथा सम्पर्क नम्वर राख्ने . जस्तै ः प्रहरी स्वास्थ्य संस्था,स्थानिय निकाय ,खाद्यान्न आप’र्ति गर्ने निकाय आदि ।
परिवार र समाजमा एकले अर्कालाई कसरी मद्दत गर्न सकिन्छ , त्यसलाई सोच विचार गर्ने र आवश्यक परेको बेलामा सकेको सहयोग गर्ने तर सहयोग गर्ने नाममा पसल चौतारा तथा सार्वजनिक स्थालहरूमा बसेर अनोवश्यक भिडभाड नगर्ने यस्तो कार्यलाई दुरूत्साहन गर्ने ,तनावको अवस्थामा वा समय विताउन नकरात्मक समाना जस्तै ःरक्सी खाने,च’रोट पिउने,अधिक मात्रामा इन्टरनेटमा समय विताउने जस्ता कार्यहरू नगर्ने । 
क्वारेन्टाईन र आईसोलेसनमा बसेका व्यक्तिहरू थप समस्या नहोस् भनि समाधानी अपनाएका हुन तसर्थ तिनलाई हेलाको भावले नहेरौँ .  साबधानी नअपनाउदा जो कसैलाइ पनि यो रोग लाग्न सक्ने हुदा सम्वेदनशील बनौँ । कोभिड - १९  संक्रमित भएका व्यक्तिहरू तथा परिवार लाई कुनै पनि माध्यमबाट दुव्यवाहार नगरौँ । उनीहरूलाई सहयोग र आत्मबल बढाउनको लागि समानुभुतिको व्यवाहार साथै माया आत्मसाम्मान दिने । 

सिमित र सहि जानकारी लिने

अहिलेको संकटको अवस्था हामी सबै कोभिड १९ लाई लिएर धेरै जिज्ञासु हुनुर सके सकेसम्म बढी भन्दा बढि जान्न खोज्नु स्वभाविक हो तर आवश्यक भन्दा बढि जिज्ञासु हुनालेकतिपयमा डर र त्रास र अनावश्यक नकारात्मक सोच पैदा गर्दछ जसले अन्तत हाम्रो मानसिक स्वास्थ्यमा नकरात्मक प्रभाव पार्न पनि सक्छ । त्यसैले कोभिड १९ सँग सम्बन्धित सुचना तथा जानकारी स्न्नर, हेर्न,र पढ्नका लागि एक निश्चित समय निर्धारण गर्ने जस्तै एक दिन मा २ पटक मात्र जानकारी लिने बानिको बिकास गर्ने ।
सुचना तथा जानकारीको लागि आधिकारिक र विश्वसनिय सञ्चार स्रोतलाई महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।  सके सम्म सामाजिक सञ्जालको कम प्रयोग गर्ने 
आफु र आफ्नो परिवारमा चिन्ता बढाउने किसिमका सञ्चार र सञ्चारका माध्यमलाई सुन्न ,हेर्न ,र पढ्न बन्द गर्ने ,कुनै पनि समचार राम्ररी पढेर सुनेर बुझेर आफुलाई सहि लागेमा मात्र अरूलाई पढाउने, शिर्षक हेरेको भरमा वा थोरै सुनेको भरमा तपाईले पढाउनु भएको सुचनाले अरूमा गलत सन्देश जानुका साथै भ्रम तथा त्रास बढाइ रहेको हरुसक्छ  त्यस कारण सहिजानकारी लिनुपर्दछ । 

तनाव व्यवस्थापनका उपायहरू

अहिलेको महामारीको अवस्थामा वा यस्तै अन्य कुनै पनि संकटको अवस्थामा जो कोहि विचलन र चिन्तन महसुस गर्नु स्वभाविक प्रतिक्रियाहरू हुने भन्ने कुरालाई स्वीकान गर्ने । 
आफ्नो शरिर,भावना,सोचाई,र व्यवाहारमा कुनै गाह्रो ,अफ्ठ्यारा परिवर्तनहरू आएमा तिनलाई कम गर्न आफुले विगतमा अपनाउनु भएका कुनै उपायहरू छन् भने त्यसलाई पुन ः दोहो¥यउने । 
 रोग प्रतिरोधात्कम क्षमताको विकास गनर्’का लागि नियमित सफा,स्वस्थ्य र सन्त’लित खाना खाने,
 नियमित योगा ध्यान लगायत शाररिक व्यायाम गर्ने,
 एउटा निश्चित रूटिन बनाएर घर भित्र ,बाहिर ,करेसाबारी लगायतका घरयासी काममा व्यस्त रहने,
 आफुलाई मन पर्ने सकरात्मक र रचानात्मक क्रियाकलाप जस्तैः खेल्ने,लेख्ने,पढ्ने, पेन्टीङ गर्ने ,नाच्ने ,गाउने ,सिलाई ,बुनाई आदिमा सृजनशिलकाममा ब्यस्त ह’ने कोसिस गर्ने,
 आराम र निन्द्रको लागि पर्याप्त समय दिने ,
 आफुलाई मनमा लागेको क’राह? विश्वासिलो र मनमिल्ने व्यक्ति सँग व्यक्त गर्ने,
आफुलाई सहयोग चाहिएमा आवश्यक मद्दत खोज्ने । 
कोभिड १९ ले निम्त्याएको संकटको यस समयमा यदि तपाईलाई दैनिक जिवनमा आएका परिवर्तनहर सामाना र समाधान गर्न कठिन भइरहेछ , यसको समाधन हुन सकेन मनमा धेरै विपतहरू आएपरेको अवस्था छ भने र तपाइँलाई मनोवैज्ञानिक ,मनोसामाजिक वा मानसिक स्वस्थ्य सहयोग आवश्यकताको महसुश भएमा नजिकैको मनोविमर्शकर्ता सग मनोविमर्श सेवा लिनु वा मनोविद् संगको सेवा लिनु साथै टि.पि.ओ .नेपाल सञ्चालन गरेको हेल्प लाइन अन्तरगत टोल फ्रि .नं. १६६० ०१० २००५ मार्फत विहान ८ देखि साझा ६ बजे सम्म सम्पर्क गरि सेवा लिन सक्नुहुनेछ ।  यसमा नेपाल टेलिकमको नेटवर्कबाट फोन गर्दा पैसा लाग्दैन र सहयोगकर्ताले तपाईको सम्पुर्ण विवरण गोप्य राखि तपाईलाई आवश्यक सहयोग पु¥याउनुहुनेछ । 
माथि उल्लेखित कुरालाई हामीले ध्यान दियौ भने यस्तो परिस्थीतीको सामाना गर्ने उपायहरू? अपनाउन सक्यौ भने पक्कै पनि हामीले जस्तो सुकै विपतको वेलामा पनि मनोविज्ञालाइ बलियो बनाउन सकिन्छ । 



विश्वर्कमा मनोविर्मशकर्ता हुन् । 

No comments

Please do not enter any Spam link in the Comments box.