google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> तिमी को हो ? - सम्बोधन

Video Of Day

Breaking News

तिमी को हो ?

तिमी को हो ?
बन्दी भएका बन्दी मेरो नयनहरु उघार्ने तिमी को हो ?
त्यही बन्दी नयनको कालो बादल फार्ने तिमी को हो ??

वाध्यता र विवश्ताले चट्टान बनाएको मेरो मुटू
पगाली मनको अदालतमा उजुर पार्ने तिमी को हो ??

चहराइरहेको आलो घाउको पीडाको छटपटीमा पर्दा
शित्तल मलम पट्टि बोकी उपचार गर्ने तिमी को हो ??

जीवनसंग हारेको आफ्नो, तिमीलाई के नै गर्न सक्छुर...
चिता माथीको जिउदो लास स्वीकार्ने तिमी को हो ??

बैराग्यले उजाडिएको प्रकाशको यो जिन्दगीमा
बहार वनि सञ्जीवनी दिई सिहार्ने तिमी को हो ???
प्रकाश विहीन, पोखरा

No comments

Please do not enter any Spam link in the Comments box.