google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> मालिक म वौलाए - सम्बोधन

Video Of Day

Breaking News

मालिक म वौलाए


google
प्रत्येक झिसमिसे विहानीमा 
फाटेको एकसरो गुन्यौ चोली भिरेर
काक्रोको चिरा जस्तै चरचरी चिरीएको पैताला
छरछरी रगत बगाएदै 
मुटुकाम्ने जाडो यामको 
छाला डड्ने घामको वेप्रवाह
अढाइसय वर्षदेखी म तपाईको सेवामा निस्वार्थ समर्पित छु मालिक
मालिक आफ्नो खुसीहरु लुटाउदै 
इच्छा र चाहाहरु तिलाञ्जली दिदै
पलपलमा घरीघरी बाँचेर पनि मरिरहेकी छु । 
तर पनि आफ्नो कत्व्र्यलाई सधै सधै पुरा गरिरहेकी छु । 
तर मालिक अव मेरो बलात्कृत इच्छा चाहना र खुसीहरु मात्र होइन 
मासिक धर्मको दोस्रो दिन पनि भन्नु भएन । 
अस्तित्वनै हरण भो । अस्मिता नै लुटियो ।
पटक पटक यसरी तपाईको स्वभिमान बचाउन अचानो वनी 
तपाईको प्रत्येक चोटहरु सहदै आए
तपाईको खुसीहरुको लागी म निरीह वनी चुपचाप सर्वस्वनै लुटाए ।
तर मालिक कहिल्यै मलाई एक बुँध खुसी पनि दिन सक्नु भएन मालिक त्यसैले म वौलाए ।
त्यसैले मालिक आज मलाई किन किन नपिएको नसाकाृ मात चढेको छ । 
नखाएको विष लागी लठ्ठिएर वरबराउदै युगै युग देखी अड्डा जमाउनु भएको ठाँमा हजुरुले 
मेरो पनि आधा हक लाग्ने कुरा उठाए ।
रिसानी माफ होस् मालिक म वौलाए ।



google


















मालिक तपाइले म माथी गरेका यतिका उपकारहरुलाई आत्मासाथ गदै ,
चुपचाप सहेर वस्नु पथ्र्यो ,वेहोसी मै चिच्याएर रहस्य छताछुल्ल बनाए । 
मालिक साँच्चै म वौलाए ।
आफ्नो लुटिएको स्वभिमान बचाँउन
खोसीएको खुसीहरु फर्काउन , 
जनलहरको ज्वालामुखी विस्फोट बनाए ।
आन्दोलनको भरमा आफ्नो पहिचान स्थापित हुने देखेर ,
युद्धको मैदानमा आए ।
यतिका समय तपाइकै गुनगान गाए ,
तपाइकै नुन पनि खाँए ।
तर म तपाइको विरुद्धमा लाए ,
आन्दोलनमा हेलीए‘
रिसानी माफहोस मालिक म साच्चै वौलाए ।
रिसानी माफहोस मालिक म साच्चै वौलाए ।


No comments

Please do not enter any Spam link in the Comments box.