google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> सरीता अर्थात नदी - सम्बोधन

Video Of Day

Breaking News

सरीता अर्थात नदी




सरीता अर्थात नदी 
                       प्रकाश विहीन
प्रिय सरीता
तिमी पलपलमा हजारौ चोटहरु सहदै ।
उचालीदै, पछारीदै अनि अतालिदै दौडिदै।
लताकुञ्जसंग लुकामारी खेल्दै रमाउदै,
जीवनको आभा भेट्ने तिव्र आकाँक्षमा पौडिरहेछौ । 
पुग्न गन्तव्यमा 
परिवर्तनको संग्राममा होमीएकी छौ । 
तर तिम्रो यात्रालाई,तिम्रो उपस्थितिलाई 
समाजले अकै बुझेर 
ब्ुाझ पचाएर दुःख दिइरहेछ । 
म त्यो अनुभुती गर्न सक्छु , अभाष पनि सरीता ।
‘‘‘
सरीता एउटा नारी एउटा नदी 
नदी र नारीको जीवन भोगाई उस्तै 
उस्तै तृष्णा अनि पीडा पनि दुरुस्तै    ।
एक पटक हरण भएको कुमारीत्व फेरी फर्काउन सकिदैन जसरी 
त्यसरी वितेको समय,  बगेको नदी फर्काउन सकिदैन ।
..........
आत्ममाको किनबेच हुने यो सहरमा 
तिम्रो आस्था र विश्वास पनि किनवेच नहोला भन्न सकीदैन ।
हरेक इच्छा र चाहाहरु बलात्कृत नहोला भन्ने कुनै बलियो आधार छैनन्। 
.........
त्यसैले सरीता
तिमीलाई धमिल्याउन बैरीहरु
भयनाक प्रपन्चहरु बुन्न सक्छन् ।
कोमल हृदयमा बज्रपात बर्जान सक्छन् ।
उड्ने पखेटा काटिन सक्छन् ,
हिड्ने खुट्टा भाँचिन सक्छन्, बोल्ने ओट ,  लेख्ने हात काटिन सक्छन् 
तर
आस्था र विश्वास नढाल्नु 
अस्मिता नगुमाउनु , स्वाभिमानको धरोहर कहिल्यै भाचिन नदिनु ।
..........
हो सरीता
तिम्रो त्यो सम्मोहक जवानी
हिउँ जस्तो कञ्चन मन
सीमाहिन आकाश बराबर ह्दय 
बास्नात्मक समिर जब चल्न थाल्छ सुस्तरी सुस्तरी
सम्मुखका सवै सवै चिजहरुमा
विचलन आउन थाल्छ । 
मस्तिस्कीय नेटवर्कहरुमा गडबडी देखीन थाल्छ । 
काम नलाग्ने हुन सक्छन् , पागल हुन सक्छन् । 
अनि 
वैँसले मात्तिएको सिँहले जस्तै
झम्टीनेछन् प्यासको अग्नीमोचानार्थ तिमीलाई ।
............

तर पनि सरीता
तिम्रो आस्था र विश्वास ढल्ने छैन्न 
तिम्रो सुकोमल पाइलाहरु अविरल अविराम
यात्रामा निमेशभर रोकीने छैन्न । 
पछार्ने र उछिन्ने जीवनको 
अस्थ्य भागदौडको घिनलाग्दो संस्कार तोडेर 
जीवनको घुम्ती मोडेर
आस्था र स्वाभिमानको सगरमाथा ओडेर 
तिमी आउने छौ । 
............
हो,मलाई विश्वास छ सरीता
रात सधैभरी रहदैन् 
एक दिन अवस्य सूर्य उदाउनेनै छ । 
क्रमशःकालरात्रीका पानाहरु पल्टीरहेका छन् । 
अनि फूल भन्दा सुन्दर प्रतिविम्वन् देखिने छ तिम्रो 
त्यस पछि
दुनियाँले 
हर सम्वोधनहरुमा 
विचार र अनुभुतीमा तिमीलाई सम्झीरहने छन् ।
हजारौ अनुनय विनय गर्ने छन्
तिम्रो भ्रमणको लागी 
दर्शनको लागी 
उनीहरुको प्रेमील वस्तीमा‘। 


मायाको क्यानभाष बाट

No comments

Please do not enter any Spam link in the Comments box.