google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> भर्जिन त्यो यौवन - सम्बोधन

Video Of Day

Breaking News

भर्जिन त्यो यौवन


जल


तिम्रा ति उन्मातिला वात मिठा मिठा थिए ।
संगै संगै विताएका साथ मिठा मिठा थिए । 
गुलावी ओठमा ओठ मिलाई मस्त संग चुम्दा
भर्जिन त्यो यौवनको वर्षात मिठा मिठा थिए ।
खै कसरी भुलु अनु, दिउँसै मैन बाल्या पल
आन्नददायी पीडाको खात मिठा मिठा थिए ।
कस्सीएर आलिङगनमा, मस्त संग मस्कीएको
प्यास मेट्ने फरक फरक रात मिठा मिठा थिए ।
साथ थाम्न नसकेर , पानी पानी जवानी त्यो
करेण्टरुपी मायाको औकात मिठा मिठा थिए ।

No comments

Please do not enter any Spam link in the Comments box.