google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0>
तिमी - सम्बोधन
मलाई रुवाई तिमी, हाँसीराख मञ्जुर छु ।
युगौं युग यसरी नै , बाँचीराख मञ्जुर छु । ।
तिमी मेरो मुटु अनि, तिमी प्राण हौ भन्नेले
प्याला खुवाउदै खुसी, भाँचीराख मञ्जुर छु । ।
च्यातिएर ठाँउठाँउमा, कतै सिउन नपरोस्
सधै तिम्रो यौवन यस्तै, साचिँराख मञ्जुर छु ।
माया गर्छु तिमीलाई, गर घृणा जति नै
वद्नामीको तराजुमा, जाचीँराख मञ्जुर छु । ।
तिमी उत्सव मनाउनु, चिता जल्दा मेरो
भमरा झै फूलैफूलमा, नाँचिराख मञ्जुर छु ।।
तिमी
Reviewed by
Adhikari Prakash
on
July 02, 2015
Rating:
5
No comments
Please do not enter any Spam link in the Comments box.