सपना देख्नु अपराध कि अधिकार !!!
![]() |
| Photo;Google |
विहान देखी दिन समाप्त हुञ्जेर सम्म
म प्रतिक्षा गर्छु रातलाई
जब हामी दुवै एउटै कुनामा टाँस्सिएर
एक अर्कालाइ कुकुरले जस्तै चाट्छौ
विवाह पछि पनि बाचिरहनका
लागी जनावर बन्न बहुत जरुरी हुन्छ ।
सन्ध्यामा रातो घाम उन्मातिलो शिरशिर हावा, अटल माछापुच्छेलाई चुम्वन गरिरहेको छ । फेवातालको पटाङ्गीनीमा । एक टहकले हेरीरहेको थियो समिर । बादलका जोडीहरु कवि मणिका विरुद्धमा छन् । दिन सम्पन्न हुन्जेल प्रतिक्षामा गर्न सक्दैन्न । मस्ती गरर्दैछन् । एर्काको आलिइगनमा कस्सिएर तल माथी माथी तल गरिरहेका छन् । समिर मन थाम्न सक्दैन उत्तेजनामा आउछ । ति जोडीहरुलाई बेस्कनी कस्सीएको आलिंङगन छुट्टाउछ वल्लतल्ल । फेरी पलभरमा दुई विपरीत धुव्रका चुम्वक जस्तै टाँसिए । ति यौवन जोडीहरु । म पनि यो रमाईलो पल हेरीरहेको छु । लााग्छ यो मेरो पनि समय भैदिए । विपना भैदिए कस्तो हुदो हो । यो काल्पनिक सपना जस्तै विपना भैदिए । कस्तो सुन्दर र सुखी हुन्थयो जीन्दगानी । मन परिकल्पनाका रंगीन तरइगहरु तर्किरहेका छन् । तेलमा डुवाएका सेल जस्तै भकभकी पाकिरहेको छ मन । आह कस्तो मिठो सपना.....प्यासको ज्वला मटिने र पीडाको खाडल मेट्नि समय बाधक छ । कलामले भने जस्तै सपनाले मलाइ पनि निदाउन दिएका छैन्न । समाज क्रुर बन्दै छ । सम्वन्धहरु हिउँ जस्तै चिसा हुदैछन् । तिनहजार बर्षदेखीको दलनमा बाचेका भुइमान्छेहरु। अधिकार मागीरहेछन् । वदलामा रगत र मृत्यु पाइरहेका छन् । यी भुई मान्छेको दुःख र दर्दले अटल अन्नपूर्ण, माछापुच्छ्े रुदाँ फेवातालको ओभर फ्लो भैरहेको छ । काला काला पहाड बनिरहेका छन् ति सेताम्य हिमश्रृखलाहरु । सँन्सारका हरेक वस्तले (मानष)आत्मदाह गर्न थालीसके । कुनै अवसर नपाउदा नैतिकवा तथा नायक र नपाउदा नैतिकहिन तथा खलनायक बन्नेहरुको अव के आश । समाजमा काम गर्न खोज्ने विज्ञको संकट छ । शहरमा हल्ला गरेर बस्ने बुद्धुहरुको विगविगी छ । उफ कसरी मेरा सपनाका प्रिय बादलका प्रेमील जोडीहरु तितर वितर भैरहेका छन् । त्यो मेरो सपना जस्तै ,उस्तै लाग्छ । यदि फेवातालको बाँध फुट्यो । बस्तीमा पस्या,े डुवायो भने त्यो सामार्थ छेक्ने को संग छ ? हुन त जतिवेला सम्म चुपचाप बसे म सभ्य मानिस हाइन । तिम्रो नजरमा दासनै भए जव मैले मुखमा लगाईका तालाचाँवी खोल्न थाले तिम्रो निम्ती म सवैभन्दा खराव र बदमास भए ? तिमी हरुले जे सुकै सोच । गर्न सक्ने सवै गर। साम दाम दण्ड भेद सबै हतियार प्रयोग गर । म अब वार कि पारको लाडाई लड्न तयार छु । तिम्रो अर्थि उपदेशको कुनै जरुरी छैन् । मेरो सामु मुक्ती या मृत्यू आइरहेको छ । यो म बाचेको समाज र समयले मलाई बोलाई रहेछ अव आउ अति भो । समाजको मुल्य मान्यताको खडेरी लाग्यो । समाजमा नकरात्मक भावना फैलियो । मानवियता हराउदै गयो । केही त गर । ए बुद्धि हराएको बुद्धहरु अव त सोच समयले गुहार मागीरहेछ । आमाले पुकार गरिरहेकि छन् आफ्ना विर छोराहरुलाई । जब आमाको यस्तो चित्कार बादल मेघ बनी गर्जीन्छ समिर आधिँ भएर बेग्गीन्छ । प्रकाशको एक एक रस्मीहरु अध्यारोको विरुद्ध जुटेका छन् । रगतका एक एक थोपा क्रान्तीको फिलिइगो बन्दैछन् र आमालाई सान्तोना दिएको छन् ।
आमा नडराउ
मेरो छाती सत्रुको संगिनले छेड्नि
बैरीको चक्रव्युहमा म पस्ने छैन ।
क्रान्तीको लागी म त स्वयम आधीँ हुरी भएर वेगीएको छु ।
पानी पानी भएको वस्तीमा
परिवर्तनको ज्वाला भएर सल्कीरहेको छु ।
म मृत्युलाई छलेर
क्रान्तीमा अमर बाच्ने छु ।
मेरो एक एक थोपा रगत
क्रान्तिको लागी फिलिइगो बन्ने छ ।
भरोसा गर आमा
लक्ष्य प्राप्तीको अविराम यात्राले
त्यो उज्यालो दिन अवस्य प्राप्ती हुनेछ ।
र
क्रान्तिले जन्मानएको तिम्रो छोरा
एकदिन अवस्य विजय जुलुस लिएर
तिम्रो संघारमा खुसीको सगुन थाप्न आईपुग्नेछु ..
सुन्दर भविष्यको सपना देख्नु मेरो अपराध होइन अधिकार हो । अधिकारको खोजीमा लाग्दै गर्दा कैयून यात्री सहयात्री छुटे र जुटिरहेछन् पनि । संगै संसार जित्ने धारीलो हतियार त बाकि छ । साचिँरहेछु आशा । संकटपुर्ण र कठिन परिक्षाबाटै नया सम्भावनाको ढोका खुल्ने गर्छ । यो समाज रुपान्तरण्को लाडाइ लामो छ । तर हाम्रो नजिक नजिक छ । याद गर अवसरमा नवोल्ने मानिस पछुताउनु पर्छ । राप र तापले गलेको लैहालाई ठिकबेला घन ठोक्नु पर्छ । तव आफ्नो आकारमा वस्छ । यो बेला हिरा फोड्ने हो । ठुकुर जस्तै सुधो भएर बस्ने होइन । समाज परिवर्तनको अग्रगामी एजेण्डालाई विर्सेर, जनभावना बोकेर हिडेका तिमी । ढोगी,भोगी र ठुलो मानष हुने रोगी बन्ने पछि होइन । असल मान्छे हुने बाटो लाग । हामीले त्यस्तै असल मान्छे खोज्ने प्रयासमा छौ । दशकै विताइसकेका छौ । त्यसको जीम्मा तिमीलाई छ । दिमागले जे तस्विरको रुपमा लिन्छ त्यहीनै सत्य हो । सत्यको जीत निस्चित छ । सत्यको पदचाप पच्छयाउनु । यसैमा तिम्रो अन्नत यौवन छ ।
प्रस्तुती : प्रकाश अधिकारी - See more at: http://jukson.com/news/entertainment/_977#sthash.pPw9qGQc.dpuf

No comments
Please do not enter any Spam link in the Comments box.