google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> मेटिदै पोखराको व्यापार ; विकल्पको खोजी - सम्बोधन

Video Of Day

Breaking News

मेटिदै पोखराको व्यापार ; विकल्पको खोजी

कति ? 
तिन सय रुपैया । कति जना ? 
तिन जना । एकै ठाँउमा हो ? 
हो । 
तिन जनाको तिन हजार रुपैया , 
रातभरी....। 
हुन्छ.....। 
यो अप्रिय अन्र्तसम्वाद प्रिय पोखराको बाग्लुङ्ग बसपार्क आसपसमा अवस्य सुन्नसक्नुहुन्छ यदि तपाइ त्यहाँ पुग्नु भयो भने । जवानीको पटकेमोलमाल र नारी अस्मिता र अस्तित्वको वधशाला यो ठाँउ पोखरा नक्सा भित्रै पर्छ । 
शनिवारको दिन थियो अफिस नियमित जान नपर्ने । पोखराकै    ढाए पुग्ने । त्यस पछि खाली समय । विदामा पनि अफिसको काम गर्नु पर्ने हुन्छ प्राय । अफिस बाट निस्कदै थिए । दिउसोको करिव ९ वज्दै थियो । मेरो मोवाइको घण्टी बज्छ । एक्कासी । झस् ङ्ग हुन्छ मन । यसो मोवाइ हेर्छु नयाँ नम्वर । एउटा एन जि यो को रहेछ । कुश्माको खुल्ला चौरमा गरीव मान्छेहरुको कुम्भ मेला गदैछ रे त्यस प्रर्दशनीको फोटो बेच्नु पर्ने भएकाले जिम्मा मलाई आयो । हुन्छ भन्नै पर्यो नुनको सोझोत गर्नै पर्यो । त्यो दृश्य क्यामरामा कैद गर्नुपर्ने भएकाले म क्यामराको प्याकिङ्ग गदै गर्दा विहानको १० बज्यो । आकाशमा मेघ मडारीरहेको थियो । सूस्तरी सुस्तरी सिमसिम पानि परीरहेको थियो । कुहिरोले वजार विस्तारै विस्तारै सेताम्य वन्दै थियो । मौसम झन झन प्रतिकुल बन्दै छ । मनमा दुविद्धा अँकुरण हुदै थियो किन ? किन ? तर पनि जानु त छदैछ । एक जना साथीलाई फोन गरे । जो बरिष्ठ पत्रकार तथा राजनतिक विश्लेशक थिए । एउटा राष्टिय पत्रिकाका चर्चित स्तम्भकार पनि । हामी संगै मनमा केही दुविद्धा , केही आशा अनी केही उत्साह बोकेर महेन्द्रपुलको मान्छेहरुको कोलाहल विचबाट विस्तारै अगाडी बढ्यौ । किन किन आज मलाइ शहरको कोलाहल पनि सुनसान लाग्न थाल्यो । 
जब हामी गणेश टोलको खाल्डो खुल्डी भएको बाटोमा झक्कल र झुक्कुल गदै अगाडी नालामुख हुदै भित्र छिर्दै थियौ । त्यहाको प्रत्यक होटल तथा खाजा घर अगाडी प्रहरीको गस्ती थियो । म पनि हतारीयको साहित्यको विद्यार्थी भएकाले संकालुहुनु अस्वभाविक होइन । चर्चामा आएपनि म त्यो ठाउमा आज सम्म जान भ्याएको थिइन । संयोगले आज त्यो अवसर मिल्यो । हामी पालिखेचोक नालामुख हुदै भुपिशेरचन राजमार्ग हुदै अगाडी बढदै गयौ त्यो काहली लाग्दो यात्रामा । यात्राभरी त्यही अस्वभाविक वातावरण आँखा अगाडी घुमिर्यो । कुस्मा पुग्दा करीव विहानको ११ वजिसकेको थियो । विचरा विशाल ह्दय भएका एन जि यो वादी सोच र चिन्तनले निम्छारो बनाएको दमै दाई सार्की दाई अनि कमीनी भाउजुहरु टन्टलापुर घाममा चर्को चर्कोे स्वरमा नारा लगाई रहेका थिए । क्रान्तिकारी भुमीसुधार लागु गर । जसको जोत उस्को पोत लागुगर । जातिय विभेद अन्त्य गर । आदि..... 

लगभग दिन भरी जसो तिनै गरीब किसानहरुको संवेदशिल हृदयको भाका सुनेर भावुक हुदै भिडीयो क्यामरामा कैद गरीरहेको थिए । युगै देखीका पीडा, दुःख र चित्कारहरु ....। कता कता मनमा चस्स चस्स विझीरहेको थियो । यो मानिसहरुको हृदयलाई वेचेर, संवेदनशिलतालाई कुल्चेर , गरीवीहुनुको फाईदालाई उपभोग गरेर यी बादीहरु शहरमा ठुला ठुला महलहरु बनाई रहेका छन् । चिल्ला गाडी फेरी फेरी चडिरहेका छन् । तर पनि गरीव किसानहरुको जिवनमा कुनै वादले आज सम्म छुन नै सक्यो नत कुनै तन्त्रले । साझ तिर पोखारा पmर्केउ वर्षा निरन्तर वर्षिरहेको थियो । बेलुकाको खाना खाएर विस्तारमा पल्टिन्छु यता फर्किन्छु उता फर्किन्छु निद्रा लाग्दैन । जुरुक्क उठ्छु अनि वत्ति बाल्छु । विजुली छैन । ल्यापटको काम भएन अनि कपी पेन्सील हातमा लिएर लेख्न सुरु गर्छु । 

मैले यँहा नत गरीब किसानहरुको व्याथा र चित्कारहरुको नत यो संसारकै सुन्दर सहर भित्रको कुरुप ठाँउ बागलुङ्ग बसपार्कको कुनै समाचार कथा तयार पार्ने मेरो मनसाय छैन । यी विषय सन्र्दभमा थुप्रै कथा लेखीएको छ । छापाहरुमा छापीएको छ वेला वेलामा । लेखनको मूल्य नभएको यो मरुभुमीमा ति दृष्टान्त चित्रहरुको प्रभाव जति क्षीण र निरर्थक हुन्छ । तर पनि मेरो मानसपटलमा वारम्वार घुमीरहेकोे विषय हो । संम्भवत त्यो भन्दा अमानविय स्थिती अरु केही हुदैन पनी । विप्लप ढकालका कबिताम्सा जस्तै :
टह टह जुन लागीरहेको सुकुमारी रातहरुमा 
सेता , कलकलाउदा तरुनी तिघ्राहरुले 
म हजूरको वैशलाई रन्कक तताईदिन्छु . 
...............................ओ लोग्ने मान्छे । 
छन छनी गनेर वैशहरु म सडकमा लम्पसार सुतेकी छु । 
विक्रीमा छु । 
आउ मलाई सस्तोमा उपभोग गर । 


आखिर किन ? उनीहरु खुलेआम आफ्नो मासुको विज्ञापनमा तल्लिन छन् । कामिनी प्रकट गरीरहेका छन् । आफ्नो अस्मिता लुटाई रहेकाछन् दुई पैसामा । किन ? आफूलाई भुलेर । ढाई दुई वर्षका दुधे वालक एकातिर च्यापेर अर्को तिर माल मालीसमा अनुवन्धित छन् । ति स्वभिमानी नारीहरु अनि गर्भका साथ भन्छन् । 
जब ऊ मेरो ओठ ओठमा र सुमधर अंग प्रत्यङ्गहरुमा 
मायाका गाढा रङ्गहरु छयाप्न थाल्छ । पोल्न थाल्छ । 
म विस्तारै रङ्गीन र नसालु बन्दै जान्छु । 
र आफुलाई विर्सीदिन्छु । अनि विर्सी दिन्छु आफ्नो ... 
शरीरको निर्णय गर्ने अधिकार वाट 
वर्खास्त हुन्छु भन्ने पनि । 

आफूलाई चाहिने सबै बेच तर स्वभिमान नबेच । हुनत हामीले परिकल्पना गरेको आधुनिक समाजमा हरेक वस्तुको किनबेच विज्ञापनको आधारमा हुने गर्दछ । विज्ञापन विना यस्तो समाजमा कुनै वस्तुहरुको विक्रिवितरण प्राय असंभव जस्तै हुन्छ । सीता पाण्डे ‘थाती’ कविता जस्तै l   सायद त्यही विध्वसकारी हावाले छोएछ क्यारे पोखराको यो ठाँउलाई अनि कुरुप सुन्दरीहरुलाई पनि । मेरो मनमा एउटा प्रश्न खेलीरहेको छ । किन यी सुन्दरीहरुलाई नरक भित्र बाच्न अनिवार्यता बन्यो । कुनै रहर ? कुनै बाध्यता ? अनि सोच्छु आखिर ! किन ? याहा आफूलाई झुलेर लुटाउन र लुट्नको लागी तल्लिन छन सभ्य भनैदा मान्छेहरु । वास्नारुपी माखेजाल विछ्ईरहेछन फुलहरु । लठठा्इरहेछ ! विचलन भइरहेछन् भमराहरु । अनी होस वासै उडाएर लिप्त छन् यौन लिलामा यसरी... 
जब म उसको अंगालोमा कसिन्छु । बाधिन्छु । अतालिन्छु । 
अनि फुत्काउन खोज्छु आफुलाई तर फुत्कीहाल्न पनि चाहान्न् । 
आन्न्ददायी पीडाको र 
फेरी एक पल्ट आफुलाई विर्सीदिँछु । 
फेरी एक पल्ट आफुलाई विर्सीदिँछु । 

किन यसरी पटक पटक मरेर पनि बाँचिरहेछन् मान्छेहरु । जीउदै पल पलमा मरेर पनि बाँच्नेहरु यो धर्ति मा बाच्ने कुनै अधिकार छैन् । यो भुगोल, यो भुभाग त्यसको लागी हो जसले संघर्र्ष भित्र सार्थक जिवनको मूल्य खोज्छ । यो भूमी , यो धर्ति त्यसको हो जसले आफ्नो अस्मिता र स्वभिमानलाई सँधै सँधै बचाई राख्छ । आफुलाई धर्तिमै सर्मपण गर्दछ । आफ्नो स्वभिमान र आत्माको किनबेच गर्नु महापाप ठान्छ । हुनत मानिसको गाँस , बास र कपास पछिको अधारभुत आवस्यकता हो सहवास पनि तर के पाश्वीक पाराले मान्छेको मुल्य प्रदान गर्छकी मूल्यहिन । शिव अधिकारी “कामदेव र करबीरको’ कबिता  हेरौ l  एक पटक अधर खुम्चाएर सोचै त यँहा के भैरहेको छ 
यस्तो ............. 

एक राजकुमारलाई 
पौडी खेल्न उत्कट अभिलाषा हुन्छ 
प्वाँख पलाए पछि 
र, खोज्न थाल्छन् पोखरीहरु 
पौडी खेल्न आहाल बस्न । 
गोविन्द गिरी प्रेरणा “प्वाँख” नवकविता 
अनि अनि …….. अनि 

नन्दी भृङ्गी जो सुकै कामासक्त बेला तवेलामा 
योनि वास आउछ । 
बैँसमा समेत पशुले सुँघेर ऋतुकाल चाल पाउछ । 
मत्ता चढेर जब कामदेब दशाश्वमेधमा जान्छ । 
कामदेवमा करबीरको बयान छुट्दैन बसाँउछ 
कौमार्यको अनुभुति तब किशोरीहरुलाई 
तल्लो पेटमा हुन्छ । 
तल्लो पेट उनीहरुको ताडीवृक्षजस्तै हुन्छ । 
महिमा ऋतुस्राव अनि धर्ति छताछुल्ल 
रेजा जहाँतहीँ रजस्वला हुन्छ । 

आफूलाई चाहिने सबै थोक  बेच तर स्वभिमान नबेच । आज भन्दा करिव करिव एक वर्ष अघिको प्रतिविम्वन हो यो अहिले त्यो मेटिदै छ । हेगनको मनले शान्ति पाएको छ । भलै विकल्पको खोजी , हस्तान्तरण स्पेश , व्यापार ज्यादा अहिलेको वसपार्क असनको रुपामा रुपान्तरीत  गरे के हुदैन् । 


प्रकाश विहीन 
पोखरा 

[email protected]

No comments

Please do not enter any Spam link in the Comments box.