अन्तर्वाताः एक सत्य भ्रम
प्रकाश विहीन
“अध्ययन गर्नु धेरै राम्रो कुरा हो तर अध्ययन गर्नु जागीर खान र ओहदा वा पदवी पाउनको लागी नभएर जनताको सेवा गर्न अनि मेहनती र योग्य हुनको लागी हो”
अठठा्ईस जेठ दुई
हजार एकहत्तर
बुधवारको दिन थियो
। जेष्ठयाम मध्यान्नको
१२ वजे पारीलो
धाम । धौलागीरी
हिमालको काखमा रहेको सुन्दरनगरी
बाग्लुङ्ग । औधी
सुन्दर देखिएको थियो ।
यति सुन्दर ! यस
भन्दा अगाडी कहिल्यौ
देखिएको थिएन ।
यो शहर जति
सुन्दर छ ।
यँहाको वातावरण पनि त्यत्तिकै
मनमोहक, सफा, स्वच्छ
अनि कञ्चन पनि
। यहाका शिक्षित
र सभ्य मानिसहरुको
मन निर्मल र
पवित्र छ ।
सुनेको थिए हरेक
सुन्दरता भित्र कुरुपता लुकेको
हुन्छ । चित्र
भित्र विचित्र प्रतिविम्व
देखिन्छ । आज
मलाई यो कुराको
ज्ञात भयो ।
आँखाले देखेको कुरा पनि
सत्य नहुदो रहेछ
।
धौलागीरी बहुमुखी क्याम्पस वि.एड तेस्रो
वर्षको फाईनल परिक्षाको अन्तिम
दिन भोली विहान
११ वजे छात्रवृतीको
लागी अन्र्तवाता हुने
सुचना सायक क्याम्पस
प्रमुख तथा छात्रावृृती
संयोजक डम्मर वि.केले
सम्प्रेषण गर्नु भयो ।
मैले पनि फर्म
भरेको थिए ।
अन्र्तवाता दिनु पर्ने
भयो । अन्तर
मनको भाव व्यतm
गर्ने माध्याम ।
अन्र्तवाता ! मलाई कता
कता डर लागी
रहेको थियो ।
के हुने होला
? कसतो हुने होला
?
विहानैे उठेर नित्यकर्म
गरी अन्र्तवाताको तयारी
गदै गर्दा विहानको
१० वजेको थियो
। वालवच्ची वेनी
वस्ने भएकाले म
पनी वेनी नै
थिए । वेनी
वाट हतार हतार
गाडी चढेर ११
वजे अन्र्तवाता स्थलमा
पुगे । अन्र्तवाता
चलिरहेको थियो ।
केही साथीहरु उत्साहीत
हुदै कुरा गरीरहेका
थिए । म पनि साथीहरु
संग हो मा
हो मिलाएर गफ्फ्दिै
थिए । यति
वेला सम्म १
वजि सकेको थियो
। सायक क्याम्पस
प्रमुख डम्मर वि.के
सर मेरो आर्दश
हुनुहुन्छ । जस्को
प्रत्येक कुरामा मैले आँखा
चिम्लेर विश्वास गर्छु ।
सरलाई मेरो जन्मकुण्डली
सम्म याद थियो
र मलाई पनि
सरको केही मात्रमा
।
नुनको सोझो गर्नका
लागी पोखरा ४
वजे पुग्नु पर्ने
थियो म । १३३ अै नम्वरमा
मेरो पालो परेकाले
पोखरा जान ढिला
हुने कुरा मैले
सर संग विन्तीविसाए
। तर म
नतमस्तक भए ।
पालो कुरीरहेको थिए
म सँग राम्जी
र लेखनाथ पनि
थिए । उनीहरु
पनि अत्तालीरहेका थिए
। मेरो विवस्तालाई
बुझेर । यसै
समयमा एकजना मेरो
सहृदय साथी नविन
शिशिरको आगमन भयो
। केही समय
गफ्यिर वस्यै । उनको
१५६ औ नम्वरमा
रहेछ नाम ।
ढोका भित्र नजिकै
सोफामा वसीरहेका थियौ ।
अन्तर्रवाता लिन बसेका
माननिय डम्मर सर अनि
मानवको रुपधारण गरेका अर्का
सर र मेडम
साच्चै मान्छे जसतै देखिन्थे
। आँखा,मुख
र सिंगै शरीर
पनि काटीकुटी मान्छेकै
थियो । लुगा
पनि मान्छेले जसतै
लगाएका थिए ।
तर विचार र
भावना मान्छे संग
पटक्कै मेल नखाने
कस्तो अच्चम ! मलाई
अस्वाभाकि लागीरहेको थियो ।
म कतै सपना
त देख्दै छैन्
। सरलाई नमस्कार
गरे ! के के
कुरा गरे मैले
प्रस्ट बुझीन । १५६
औँ को पालो
आयो एउटा मुक्तक
जसतै छोटो कविता
सुनाए ! त्यो अन्तरवार्तामा
। हल मुत्तकमय
भयो । १२६औको
पालो आयो लोक
गीत गाउन गाएर
गए फेरी लोक
गीतमय भयो अन्तरवार्ता
कोठा ।
कला साहित्य र संगीत
नभएको मान्छे साच्चै
पशु सरह हुन्छ
। सायद यीनीहरु
पनि जब्बरजस्ती मान्छे
बन्ने कोशिसमा थिए
। मलाई पट्क्कै
मन परेको थिएन
। अन्तर्रवाताको पनि
नर्स र सिमा
हुन्छ ? निश्चित उद्देश्य हुन्छ
? अन्र्तवाता तथ्य प्राप्तीका
लागी , विचार र भावना
वा सुचना प्राप्तीका
लागी हुन्छ ।
मैले बुझेको तर
अन्तर्रवाता हल एउटा
एउटा प्राथमिक विद्यालयको
अतिरीक्त क्रियाकलाप जस्तै भद्रगोल
थियो । अशोभनिय
थियो । साच्चै
भन्दा अन्तर्रवार्ता जस्तै
थिएन ।
आफ्नो चिनेजानेको , नजिकको वा नातेदार
मान्छेहरुको पालो छिटो
छिटो आउथ्यो ।
१४३, १४६,१३५,
१४१ औ नम्वरको
पालो आईसक्यो तर
मेरो १३३औ नम्वर
आउदै आएन ।
मैले डम्मर सरको
अभिब्यक्ती मनन् गरीरहेछु
। रुल बाई
रुल हुन्छ ।
के यहि हो
त रुल ? दिउसोको
तिन वजी सक्यो
मेरो पालो आएन
। १४२ औ
नम्वरलाई मेडमले बोलाउनु भो
तर म पुलु
पुलु हेर्नुवाहेक अर्को
विकल्प पनि थिएन
। मनमा कता
कता रीसले सामराज्य
जमाइरहेको थियो मेरो
। साथी राम्जी
पनी रीसले चुर
भएका थिए तर
के गर्ने कसैको
केही लाग्ने भएन
। १४४ औ
नब्बर जाँदा पनि
१३३ आउदैन् धौर्यताको
बाँध टुटेर नहर
छताछुल्ल भयो ।
संवेगलाई समालेर मेडम नजिकै
गए र सोधे
। मेडम मेरो
१३३औ नम्वर हो
पालो कतिवेला आउछ
? मेडमले नसुने जस्तै गरेर
अर्को साथीलाई वोलाउनु
भो मैले पुःन
सोधे ! मेरो पालो
त गइसकेछ नि
? मेडम मलाई गणीत
आउदैन पहिला पढीन
भन्दै आफ्नो घमण्ड
प्रकट गदै ल
एकै छिन बस
ल ! भन्नीन् ।
मान्छेलाई नैतिकताविनाको दिमागी शिक्षामात्र दिनु
भनेकोे समाजकै लागी खतरा
निम्त्याउनु हो भन्ने
बुझेको थिए ।
चुपचाप बसे ।
मनभित्र तुफान चलिरहेको थियो
।
आज भोली विद्धान
मुर्खहरुको विगविगी छ समाजमा
। त्यसैले हामी
जस्ता सर मेडमका
अन्धभक्तहरु बलात्कार हुनुपरेको छ
। भावनामा ढेस
लागेर । पलपलमा
विश्वास घात सहेर
। यसतो विधी
र विधानले कसरी
समाजलाई उन्नती तर्फ उन्मुख
बनाउछ त ? बल्ल
बल्ल मेरोे नाम
आदरणय मेडम ले
पुर्कानु भो ।
मानवरुप धारण गरी
बसेकासरले मलाई यक्ष
प्रश्न गरे ! छात्रवृतिपाउेन आधार
के छ तिम्रो
? मैले बोले ! सर न
मेरो शहरमा जिर्ण
भएको भए पनि
५ तले घर
छ । नत
म संग विग्रेको
भएपनि आईफोन छ
। आईप्याड छ
? नत कुनै दाजुभाई
यूरोप अमेरीकामा छन्
। मेरो केही
आधार नुहुने भो
।
म खाली मस्तिस्क
बाट बोलेको होइर्न
हृदयबाट बोलीरहेको थिए आफैलाई
अच्चम लागीरहेको थियो
। साथीहरु मुखामुख
गरीरहेका थिए ।
भकुण्डो जति दवायो
त्यी उफ्रिन्छ भनेको
जस्तै भो ।
मेरो मुख बाट
यसतो उत्तर आयो
? त्यसो भए तिमीलाई
छात्रवृति चाहिदैनत ? अर्को सरको
अर्को यक्ष प्रश्न
। सर ! स्वयम
र म भन्दा
दलित ,गरिव, जेहेन्दार,
महिला पछाडीएका वर्ग
तथा समुदायका विद्यार्थीहरु
आशामा त तुसारोपात
भयो भयो यो
भन्दा अरु के
पाउनु र पुग्यो
। साच्चै तपाईहरु
महान हुनुहुन्छ ।
तपाईको जय होस
! यति भने पछि
अस्वभाविक मुद्रामा आदरणीय डम्मर
सरले मलाई किन
के भयो प्रकाश
भन्नु भयो ? अनि
मैले भने वेला
वेलामा यी यसता
विषयवस्तुमा कलाम चलाउदै
आएको छु सरलाई
पक्कै हेक्का होला
? छापामा पढ्नु भयो होला
? संचार माध्यममा पनि सुन्नुभएको
अवस्य छ होला
? अव पनि फेरी
यही हातले अर्को
समाचार कथा लेख्ने
सुअवसर नआवस ! भन्दा भन्दै
सरले हुन्छ लेखे
हुन्छ भन्दा अच्चम
लागीरहेको थियो ।
विदा भएर ।
मनमा दुवीद्धा बोकेर
पोखरा फर्किने तर्खरमा
थिए । राम्जीको
फोन आयो मेरो
बारेमा अनेकै कुरा गरीयो
रे हल भित्र
। छात्रवृती नचाहिएर
यसतो कुरा गरेको
सम्म भने रे
! राजनितीक पृष्ठभुमीको कुरा पनि
आयो रे ! मलाई
आफ्नो अधिकार र
कर्तव्यको पनि राम्रो
ख्याल छ । मान्छेलाई चारैति बाट
साङ्गलोले बाध्न सकिएला तर
त्यको विचारलाई कदापी
थुन्न सकिदैन ।
मैले याहाँ आफ्नो
कसै प्रतिको रीस
राग व्यक्त गर्न
खोजेको होईन, नत कसैको
बारेका लेखेर चर्चा कमाउन
। यो विषयमा
लेख्न मन छैँन्
तर मन मानेन्
।
केही विद्धान साथीहरु जो
सोही विषयमा लामो
समय काम गरेका
थिए । कुराकानी
भो । त्यो
साथीले राजनितीक भागवण्डा हुन्छ
। लगभग हिजै
वसेर छात्रवृतिको टुङ्गो
भैसकेको छ ।
अन्तर्रवाता त औपचारीकता
मात्र हो भने
। म बल्ल
घोत्लीन थाले ।
मैले दिएको अन्र्तरवार्ता
को रीजल्ट कस्तो
आउला ? निस्पक्ष या अगाडीको
जसतो विवाद बोकेर
? यसरी पो चल्दो
रहेछ हाम्रो समाज
?
केही वर्ष अगाडी
पनि एकजना कमरेडले
अस्पतालमा आफ्नोमान्छे भर्ति गराउदा
पनि यही कुरा
भनेका थिए ।
मलाई पनि विस्तारै
चिसो पस्दै गयो
। हो हुन
त म पनी
एउटा उच्च माविको
शिक्षक नियूक्तीमा वस्दा पनि
यस्तै समस्या आएको
थियो ।
सरकारले देश विकासको
मेरुदण्ड मानिने शिक्ष्ााँको क्षेत्रमा
झिँगाको टाउको जति लगानी
गरेको छ । तैपनि अनेकै जन्जाल
बुनेर विच विचमा
छीपकलीहरुले चाटीरहेछन । लक्षीत
समुदाय सम्म पुग्न
सकीरहेको छैन् ।
के यसरी मान्छेले
मान्छेको स्वतन्त्रता अनि हौसला
खोसेर चरित्र र
हिम्मत बढाइदिन सक्छ ? बलीयालाई
कमजोर बनाएर कमजोरहरुलाई
बलियो पार्न सक्छ
? कदापी सक्दैन ।
“अध्ययन
गर्नु धेरै राम्रो
कुरा हो तर
अध्ययन गर्नु जागीर खान
र ओहदा वा
पदवी पाउनको लागी
नभएर जनताको सेवा
गर्न अनि मेहनती
र योग्य हुनको
लागी हो” अनि
वैद्धिक विकास भनेको शैक्षिकमात्र
होइन , चिन्तनको विकास हो,
मानस्थितीको विकास हो र
व्यवहारको विकास हो ।
दिमागको विकास नगरी मानिसले
कुनै विकास गर्न
सक्दैन् । भलै
घमण्डले मान्छे फुल्दछ तर
प्रगती गर्न सक्दैन
।
मस्तिस्कमा
समझदारी, काँधमा जिम्मेवारी र
हृदयमा इमानदारी भएर गरीव
हुनु, दलित,महिला
तथा पछाडी पारीनु
प्राकृतिक नियमको कारक तत्व
होईन हाम्रौ संस्थाको
निति, नियम र
कार्यक्रमको कारक तत्व
हो । भनेर
हामीले समाजका लागी ठुलो
पाप गरीरहेछौ भन्ने
चेतना र सोचको
विकास कहिले आउला
? यी मूर्ख विद्धानहरुमा
। अनि अन्र्तवाता
औपचारीकताको लागी मात्र
नभई सत्य तथ्य
र विश्वसनीय सुचना
प्राप्त गर्ने प्रभावकारी माध्यम
बन्ला ? एउटा सत्य
भ्रम वाट कहिले
सम्म मुक्त होला
? बास्तविक आहत मनले
राहत पाउने बातावरण
कहिले बन्ला ? उन्नती
भनेको धेरै हुनेहरुलाई
अझ बढी थपिदिनु
होईन, त्यो त
थोरै हुनेहरुलाई पुग्ने
गरी थपिदिनुपर्छ ।
मलाई लाग्छ धर्तीले
प्रत्यकको आवश्यकता पुरा गर्न
सक्छ तर कसैको
पनि लालच पुरागर्न
सक्दैन् । अस्तु
!!
नदिपुर ३, पोखरा
No comments
Please do not enter any Spam link in the Comments box.