Video Of Day

Breaking News

जिन्दगी अनुभव र यात्रा हो : सरस्वती श्रेष्ठ ‘सरु”

समकालीन नेपाली साहित्यका सिर्जनशील श्रष्टा हुन  सरस्वती श्रेष्ठ सरु  । नेपाली साहित्यको श्रीवृद्धिका लागि बिभिन्न विधाहरुमा कलम चलाउदै आउनु भएका साहित्यकार सरुका हालसम्म हालसम्म जम्मा २ वटा सङ्ग्रह प्रकाशित छन्  थुँगा थुँगा जिन्दगानी गीत सङ्ग्रह २०६३ र एक झुल्को घाम ओर्लेर सडकमा कविता सङ्ग्रह२०६७० रहेक   छ  । आज उहा संग नेपाली साहित्यको समग्र स्थिति  कस्तो  रहेको छ यसै विषयका पत्रकार प्रकाश अधिकारी ले गर्नभए को इमेल कुराकानी
·         शुरुमा आफ्नो बारे केही बताइदिनुस् न ?
 सरस्वती श्रेष्ठ ‘सरु”
·         यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
अनायास साहित्यमा प्रवेश गरियो,थाहै भएन कसरी गरियो ।
·         तपाईंका हालसम्म प्रकाशित गर्नुभएका कृतिहरू बारेमा बताइदिनुहुन्छ कि ?
हालसम्म मेरा जम्मा २ वटा सङ्ग्रह प्रकाशित छन्  थुँगा थुँगा जिन्दगानी -गीत सङ्ग्रह -२०६३ र एक झुल्को घाम ओर्लेर सडकमा -कविता सङ्ग्रह-२०६७०

·         कस्तो समयमा लेख्ने भावना फुर्छ र कुन विधामा लेख्ता विशेष आनन्द महसुस गर्नुहुन्छ ?
मलाई खास गरी बिहानको समयमा र पानी परिरहेको समयमा लेख्न मन लाग्छ ।म कविता , गीत ,गजल र मुक्तक लेख्छु ।हाइकूमा पनि कलम चलाउँछु ।  यी सबै विधामा म लेख्न रुचाउँछु । अझ बढी चाँही कविता लेख्दा नै विशेष आनन्दानुभूति हुन्छ ।
·         अहिलेको नेपाली साहित्यको स्थितिबारे तपाईंको धारणा कस्तो छरु कत्तिको सकारात्मक देख्नुहुन्छ ?
अहिले नेपाली साहित्यको स्थिति बुलन्द छ  । नयाँ नयाँ प्रयोगमा साहित्य सिर्जना भै रहेको अवश्था छ । उत्तरआधुनिकताले व्यापकता पाएको छ  ।साहित्यिक क्षत्र निकै फराकिलो बन्दै गै रहेको छ ।

·         नेपाली साहित्यमा बिभिन्न नयाँ नयाँ दर्शन, शैली, वादहरु प्रतिपादित र स्थापित भएका छन र कतिपय हुने क्रममा पनि छन । शव्दकर्म र साहित्य चिन्तनमा यस्ता वादहरु कति अपरिहार्य छ ?
नेपाली साहित्यमा नयाँ नयाँ दर्शन ,शैली ,वादहरु प्रतिपादित छन् र स्थापित पनि भएका छन् ।कतिपय हुने क्रममा पनि छन् ।साहित्य चिन्तनमा यस्ता तत्वहरु हुनु अपरिहार्य छ जस्तो लाग्छ।

·         कस्ता प्रसंग हरुले यहाँलाई गम्भीर बनाउछन,भावुक भएको बेला के गर्न रुचाउनु हुन्छ र?
प्रकृतिसंग हामी ज्यादै नजिक छौं  । समाजमा आवद्ध छौं । र प्रकृतिले मनलाई चिमोठ्छ ,समाजमा घट्ने घटनाले झाक्झाक्याउँछ ।र खुसीका भन्दा दुखका घटनाले भावुक बनाउँछ ।हामी प्रकृतिलाई प्रेम गर्छौं ।आफन्तलाई प्रेम गर्छौं । प्रेमले पनि मानिसलाई भावुक बनाउँछ । कुनै न कुनै अवश्थामा प्रेम नभएको मानिस हुन् सक्दैन । प्रेमानुभूतिले पनि मानिसलाई गम्भीर बनाउँछ  ।भावुक भएको बेला म साहित्य पढ्न रुचाउँछु ,जसले मनलाई अझ बढी आनन्दानुभूति प्रदान गरोस् ।
·         हाल विकास भएको सूचना प्रविधि र यसको नेपाली साहित्यलाई कस्तो प्रभाव पारेको देख्नुहुन्छ ?
हरेक क्षेत्रमा राम्रो र नराम्रो दुवै प्रभाव परेको हुन्छ  । घाम भएको ठाउँमा छाँया नहोस् यो हुन सक्दैन । गुलाबमा काँडा नहोस् यो पनि हुन सक्दैन । हाल विकासभै रहेको सूचना प्रविधिले नेपाली साहित्यलाई नकारात्मक भन्दा सकारात्मक प्रभाव बढी भएको जस्तो लाग्छ । थोरै नकारात्मक प्रभाव त भै हाल्छ ।  जूनमा पनि दाग देखिन्छ नि हैन र ???
·         नेपाली साहित्य कति व्यवसायिक हुन सकेको छ रु साहित्यकारहरुले साहित्यलाइ नै अंगालेर जीविकोपार्जन गर्न सक्ने अवस्था छ कि छैन  ?
नेपाली साहित्य व्यावसायिक हुन अझै केहि समय पर्खनु पर्ला । विधागत हिसाबमा जाँदा कवितालेभन्दा आख्यानले व्यावसायिक रुप लिन थालेको महसुस हुन्छ ।
·         जीवनबाट कतिको सन्तुष्ट हुनुहुन्छ रु सन्तुष्ट हुने कारणहरू बताइदिनुहोस् न । 
हरेकले आफ्नो जीवनलाई आफ्नै शैलीमा भोगी रहेको हुन्छ  । कुन हदसम्म जीवनलाई सन्तुष्ट मान्ने हो यसको मापन छैन  ।  जीवन भोगाईमा सन्तुष्ट हुनु पनि आवश्यक छ तर सन्तुष्टि प्रगतिको बाधक पनि हो र असन्तुष्टि दुस्खको पराकाष्ठा पनि हो  । अतस् जीवनप्रति सन्तुष्ट हुन पनि सक्नु पर्छ  ।
·         के रहेछ त बास्तवमा जिन्दगी भनेको ?
याहाँसम्म आइपुग्न मैले धेरै भन्दा धेरै र कठिनभन्दा कठिन खुड्किलाहरु पार गरेकी छु  । जीवनलाई भोगाई सँगसँगै बुझ्दै छु र जिन्दगी अनुभव र यात्रा हो ।
·         नेपाली साहित्यको सुदूर भविष्य कस्तो देख्नुहुन्छ  ?
नेपाली साहित्यको सुदूर भविष्य उज्ज्वल छ ।
·         मन परेका केही पुस्तकहरु ?
मलाई मन परेको पुस्तक९शिरिषको फूल , बाबु,आमा र छोरा , तरुनी खेती, आमा -गोर्की० , योजन्गन्धा, माधवी आदि हुन् ।

For; http://pearlstreetjournal.com/np/?p=4907 
http://www.nepalifilmy.com/?p=4867

No comments

Please do not enter any Spam link in the Comments box.