google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> जिन्दगी अनुभव र यात्रा हो : सरस्वती श्रेष्ठ ‘सरु” - सम्बोधन

Video Of Day

Breaking News

जिन्दगी अनुभव र यात्रा हो : सरस्वती श्रेष्ठ ‘सरु”

समकालीन नेपाली साहित्यका सिर्जनशील श्रष्टा हुन  सरस्वती श्रेष्ठ सरु  नेपाली साहित्यको श्रीवृद्धिका लागि बिभिन्न विधाहरुमा कलम चलाउदै आउनु भएका साहित्यकार सरुका हालसम्म हालसम्म जम्मा वटा सङ्ग्रह प्रकाशित छन्  थुँगा थुँगा जिन्दगानी गीत सङ्ग्रह २०६३ एक झुल्को घाम ओर्लेर सडकमा कविता सङ्ग्रह२०६७० रहेक     आज उहा संग नेपाली साहित्यको समग्र स्थिति  कस्तो  रहेको यसै विषयका पत्रकार प्रकाश अधिकारी ले गर्नभए को इमेल कुराकानी
·         शुरुमा आफ्नो बारे केही बताइदिनुस् न ?
 सरस्वती श्रेष्ठ सरु
·         यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
अनायास साहित्यमा प्रवेश गरियो,थाहै भएन कसरी गरियो 
·         पाईंका हालसम्म प्रकाशित गर्नुभएका कृतिहरू बारेमा बताइदिनुहुन्छ कि ?
हालसम्म मेरा जम्मा २ वटा सङ्ग्रह प्रकाशित छन्  थुँगा थुँगा जिन्दगानी -गीत सङ्ग्रह -२०६३ र एक झुल्को घाम ओर्लेर सडकमा -कविता सङ्ग्रह-२०६७०

·         कस्तो समयमा लेख्ने भावना फुर्छ र कुन विधामा लेख्ता विशेष आनन्द महसुस गर्नुहुन्छ ?
मलाई खास गरी बिहानको समयमा र पानी परिरहेको समयमा लेख्न मन लाग्छ ।म कविता , गीत ,गजल र मुक्तक लेख्छु ।हाइकूमा पनि कलम चलाउँछु ।  यी सबै विधामा म लेख्न रुचाउँछु । अझ बढी चाँही कविता लेख्दा नै विशेष आनन्दानुभूति हुन्छ 
·         अहिलेको नेपाली साहित्यको स्थितिबारे तपाईंको धारणा कस्तो छरु कत्तिको सकारात्मक देख्नुहुन्छ ?
अहिले नेपाली साहित्यको स्थिति बुलन्द छ  । नयाँ नयाँ प्रयोगमा साहित्य सिर्जना भै रहेको अवश्था छ । उत्तरआधुनिकताले व्यापकता पाएको छ  ।साहित्यिक क्षत्र निकै फराकिलो बन्दै गै रहेको छ 

·         नेपाली साहित्यमा बिभिन्न नयाँ नयाँ दर्शन, शैली, वादहरु प्रतिपादित र स्थापित भएका छन र कतिपय हुने क्रममा पनि छन । शव्दकर्म र साहित्य चिन्तनमा यस्ता वादहरु कति अपरिहार्य छ ?
नेपाली साहित्यमा नयाँ नयाँ दर्शन ,शैली ,वादहरु प्रतिपादित छन् र स्थापित पनि भएका छन् ।कतिपय हुने क्रममा पनि छन् ।साहित्य चिन्तनमा यस्ता तत्वहरु हुनु अपरिहार्य छ जस्तो लाग्छ।

·         कस्ता प्रसंग हरुले यहाँलाई गम्भीर बनाउछन,भावुक भएको बेला के गर्न रुचाउनु हुन्छ र?
प्रकृतिसंग हामी ज्यादै नजिक छौं  । समाजमा आवद्ध छौं । र प्रकृतिले मनलाई चिमोठ्छ ,समाजमा घट्ने घटनाले झाक्झाक्याउँछ ।र खुसीका भन्दा दुखका घटनाले भावुक बनाउँछ ।हामी प्रकृतिलाई प्रेम गर्छौं ।आफन्तलाई प्रेम गर्छौं । प्रेमले पनि मानिसलाई भावुक बनाउँछ । कुनै न कुनै अवश्थामा प्रेम नभएको मानिस हुन् सक्दैन । प्रेमानुभूतिले पनि मानिसलाई गम्भीर बनाउँछ  ।भावुक भएको बेला म साहित्य पढ्न रुचाउँछु ,जसले मनलाई अझ बढी आनन्दानुभूति प्रदान गरोस् ।
·         हाल विकास भएको सूचना प्रविधि र यसको नेपाली साहित्यलाई कस्तो प्रभाव पारेको देख्नुहुन्छ ?
हरेक क्षेत्रमा राम्रो र नराम्रो दुवै प्रभाव परेको हुन्छ  । घाम भएको ठाउँमा छाँया नहोस् यो हुन सक्दैन । गुलाबमा काँडा नहोस् यो पनि हुन सक्दैन । हाल विकासभै रहेको सूचना प्रविधिले नेपाली साहित्यलाई नकारात्मक भन्दा सकारात्मक प्रभाव बढी भएको जस्तो लाग्छ । थोरै नकारात्मक प्रभाव त भै हाल्छ ।  जूनमा पनि दाग देखिन्छ नि हैन र ???
·         नेपाली साहित्य कति व्यवसायिक हुन सकेको छ रु साहित्यकारहरुले साहित्यलाइ नै अंगालेर जीविकोपार्जन गर्न सक्ने अवस्था छ कि छैन  ?
नेपाली साहित्य व्यावसायिक हुन अझै केहि समय पर्खनु पर्ला । विधागत हिसाबमा जाँदा कवितालेभन्दा आख्यानले व्यावसायिक रुप लिन थालेको महसुस हुन्छ 
·         जीवनबाट कतिको सन्तुष्ट हुनुहुन्छ रु सन्तुष्ट हुने कारणहरू बताइदिनुहोस् न । 
हरेकले आफ्नो जीवनलाई आफ्नै शैलीमा भोगी रहेको हुन्छ  । कुन हदसम्म जीवनलाई सन्तुष्ट मान्ने हो यसको मापन छैन  ।  जीवन भोगाईमा सन्तुष्ट हुनु पनि आवश्यक छ तर सन्तुष्टि प्रगतिको बाधक पनि हो र असन्तुष्टि दुस्खको पराकाष्ठा पनि हो  । अतस् जीवनप्रति सन्तुष्ट हुन पनि सक्नु पर्छ  ।
·         के रहेछ त बास्तवमा जिन्दगी भनेको ?
याहाँसम्म आइपुग्न मैले धेरै भन्दा धेरै र कठिनभन्दा कठिन खुड्किलाहरु पार गरेकी छु  । जीवनलाई भोगाई सँगसँगै बुझ्दै छु र जिन्दगी अनुभव र यात्रा हो 
·         नेपाली साहित्यको सुदूर भविष्य कस्तो देख्नुहुन्छ  ?
नेपाली साहित्यको सुदूर भविष्य उज्ज्वल छ 
·         मन परेका केही पुस्तकहरु ?
मलाई मन परेको पुस्तक९शिरिषको फूल , बाबु,आमा र छोरा , तरुनी खेती, आमा -गोर्की० , योजन्गन्धा, माधवी आदि हुन् 

For; http://pearlstreetjournal.com/np/?p=4907 
http://www.nepalifilmy.com/?p=4867

No comments

Please do not enter any Spam link in the Comments box.