युद्ध र प्रेम
उसले भन्यो -माया...सम्वन्धको जाली
बाटो...........
त्यसले भन्यो -सम्वन्धको अर्को रुप...
यसले भन्यो - माया
सम्वन्ध दुबै फगत ...
फलानो भन्छ - केवल रोमान्स्........
सबै सुन्छ अनि
मन भन्छ-माया कसरी फगत .........???
सम्वन्ध किन .....रोमान्स्.......मात्र
...माया केहो ? जीवन केहो ??
सुन्छु मायाले कहिले हसाँउछ, कहिले रुहाँउछ
।
सुन्छु प्रेम आगो हो पोल्छ , धारीलो हतियार हो काट्छ् ।
तर,
म त सधै
रुनुमात्रै पर्छ, सधै आँशुमात्र छुट्छ ।
हो म त सधै जलिरहेको हुन्छु रेटिइहेको
हुन्छु ।
सायद म मायामा छु ।
म तिमिलाइ एकतर्फि मायामा छु ।
धेरै थरीका
नाना थरी कुरा सुने
तर मेरा वेथा भनिन् , पीडा खोलीन्
किनकी
आखिर जीवन
भोग्दै जाँदा, जोग्दै जाँदा .........
विशाल अनुभवको पोको पो रहेछ ।
हुदो
रहेछ गर्दिन भनेनी
नहुदो रहेछ गर्छु भनेनी
न कनै कारण,न कुनै सीमा
प्रेम
नै सारा जे जे भनेनी
किनकी
जव तिमि बोल्न थाल्छौ,मेरो मुटु जल्न थाल्छ,
जव तिमि बोल्न छोड्छौ, हृदय भक्कानीएर आउछ ।
सायद म आफ्नै संसारमा छु ।
म
एकतर्फी मायामा छु ।
हुन त तिम्रो मनोभाव पनि मेरो भन्दा फरक छौन्
नचाहेरै
कैयून पटक युद्ध भइनै रह्यो ।
म र मेरो मन भित्र पनि........
तिमि र तिमि
विच
अनि तिमि र म विच पनि......... .......
आखिर, युद्ध र प्रेम नचाहेर
हुदोरहेछ ............
चाहेको होइन म.............
र तिमिले पनि
युद्ध
भयो प्रेम भयो अनि सम्वन्ध.....
सवै नचाहेरै भयो .....
मायाको क्यानभास
बाट

No comments
Please do not enter any Spam link in the Comments box.