google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> जीवन यस्तै .यस्तै ..... - सम्बोधन

Video Of Day

Breaking News

जीवन यस्तै .यस्तै .....

photo:Google

...........................
सघर्ष !सघर्ष!! सघर्ष!!!
के का लागी सघर्ष
पहिचान र प्रतिष्ठाकोलागी हुनुपर्छ सघर्ष ।
अधिकार र कर्तव्यको यथार्थबोधको लागी हुनुपर्छ संग्राम ।
जव स्वार्थमा वदलिन्छ ।
चराइरहेका घाउहरु नुनचुक पाउन थाल्छन्
भत्किएका बाटाहरु झनझन भत्किन थाल्छन्
यसरी तिम्रो सघर्ष कति समय टिक्ला
तिम्रो खोक्रो आर्दश कति दिन बिक्ला
यो तिम्रो तितो यथार्थ थाहा पाए पछि
जव जनसागर मसाल बालेर तिम्रो विरुद्धमा उठ्ने छन् ।
आर्दश समाजको खातिर
जो परिचय र प्रतिष्ठासंग गासिएको हुनेछ ।
जस्को आधिँभेरी आउने छ ।
त्यो तिम्रो सारा शक्तीले थेग्न नसक्ने गरि आउने छ ।
 तिमी अकाश धर्तिको समान्तर रेखामा छौ ।
त्यसैले यो तिम्रो जीवन
कर्कलाको  पानी जस्तै
भिरमा फलेको फर्सी जस्तै छ ।

...........................................

उठ जुट अव मानवताको खोजीमा
मानविय आत्मानै मानवियताको बास्तविक फुल हो र हुनुपर्छ ।
तिम्रो मानवतावाद दानवतावादमा बदलिए पछि ..
सर्घष स्वार्थमा बदलिए पछि..
लाग्छ मलाई पाप गर्नु आत्माको विनास गर्नु हो
बाँचेर पनि पलपलमा घरीघरी मर्नु हो ।
बाँचेर पनि मर्ने जीउदोलास यो धर्तीमा
बाच्ने कुनै अधिार छौन् ।
यो मेरो तिमी प्रतिको कुनै प्रतिशोध होइन र धमण्ड पनि
तिमी यसलाइ चाहे धम्की सम्झ या चेतावनी
तिम्रो जिवन अझ भनौ
तिम्रो शरिर पवित्र आत्मले बनेको मन्दिरहो भने
कु आत्मालाई धवलीकरण गरी
दानवताबाद र स्वार्थी सघर्ष होइन् ।
तिम्रो त्यो सिंगो मानव सेवाका लागी
सम्प्रीत हुन सके मर्नु फेरी जन्मनु हुन सक्छ ।
अन्याथा तिम्रो जिवन सिनु जस्तै
डुङ्गडुङ्गती गह्नाउन थाल्नेछ ।
कहिल्यै निको नहुने
पकुवा घाउ जस्तै चस्स चस्स चस्कीरहने छ ।
अनि सधै दुखिरहन्छ ।
अझ भनु ??कल्पना बाहिरको हुनेछ ।
बास्ना विनाको फूल जस्तै
चुक छरे जस्तै अध्यारो,
उज्यालो विनाको बस्ती जस्तै
जीवन यस्तै ..............यस्तै
........

No comments

Please do not enter any Spam link in the Comments box.