google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> तेस्रो बिश्व युद्द घोषणा - सम्बोधन

Video Of Day

Breaking News

तेस्रो बिश्व युद्द घोषणा


प्रिय!
तिम्रो के चाह छ ?
थाहा छैन मलाई ।
यत्ति भन्न सक्छु-
तिमी अति सुन्दर छौ
विचारमा
भावानामा ।
वास्नामय गुलाफ जस्तै
मन थाम्नै नसकिने
तिम्रो त्यो
कन्चन मन
गाजलु ती चन्चल आँखा
गुलाफी ओठ
कम्ती आकर्षक छैनन्
अझ
खाल्डो परेको शिरामूल
उन्मातले भरिएको शिलबन्दी जवानी 
आहा !
देक्छु
आकर्षकण जस्तै
हो कि जस्तै
स्वार्थ रहित माया
गहिरो प्रेम
यो मेरो
शाश्वत भ्रम पनि हुनसक्छ
कि तिमी कस्ती छौ
तिमिलाई मात्र थाहा हुन्छ
र म कस्तो छु
केबल मेरो मनलाई
जब तिमिले
लेखेका अक्षर हेर्छु
तिम्रो कर्के हेराई
पठाएका इमो र तस्बिर हेर्छु
म कता कता
कल्पनामा हराउन थालेको छु !
गतिशील म शिथिल हुन्छु
रन्क्क तातिएको हुन्छु
तेहि बेला विचारको घन ठोकेर
आफ्नो आकारमा लिन्छौ
झन थप्छौ वर्कत
म गुमाउन चाहान्न तिमिलाई
माया गर्छु
मन पराउछु
भन्छौ
म पानी पानी हुन्छु
छट्पटीले हेर मेरो हर्कत!
थाहा छैन
तिमीलाई कस्तो हुन्छ ?
म तिमीलाई माया गर्छु
गहिरो प्रेम
अनि
तिम्रो शिलबन्दी जवानी तोड्नचाहान्छु ।
यदि म गलत छैन भने
तिमी निस्स्वार्थी माया गर्छौ भने
माया गर्नु महापाप होईन अधिकार बन्नेछ
यो जडता होइन

बन्दैन बर्बरता
युद्द र प्रेम
दुबै नचाहेरै हुन्छ
अनि
यहि कारक हुनेछ

सुरु हुनेछ तेस्रो विश्व युद्ध !!!
गुगल 

No comments

Please do not enter any Spam link in the Comments box.