google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> उस्तै उस्तै मलाई मन पर्दैन - सम्बोधन

Video Of Day

Breaking News

उस्तै उस्तै मलाई मन पर्दैन


एक बिहानै
कैयन जोडि हावाले भरिएका
रंगीचंगी 
आकाश छुने
तीब्र आकाक्ष बोकेर
उडेका बेलून
निकै फुर्ती लगाउदै थिए
मलाई मन परेन
सायद

अलिक घमन्डी छु ।
अराजक छु ।
@
घमण्डले भरिएका
एक हुल मान्छेहरु
अघिअघि साईरनको तालमा
खोक्रो राष्ट्रियता विषय बनाएर
स्वाभिमानी
चर्का चर्का गीत गाउदै थिए
मलाई मन परेन !
हावाले भरिएको बेलून

घमण्डले भरिएको मनुष्य
काम छैन ! आफै प्याट्ट फुट्छन
मैले भन्दिए !
तेसैले
मलाई तिमी दुबै मन पर्दैन ! ।

No comments

Please do not enter any Spam link in the Comments box.