google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> अन्तर्वाताः एक सत्य भ्रम - सम्बोधन

Video Of Day

Breaking News

अन्तर्वाताः एक सत्य भ्रम



अध्ययन गर्नु धेरै राम्रो कुरा हो तर अध्ययन गर्नु जागीर खान ओहदा वा पदवी पाउनको लागी नभएर जनताको सेवा गर्न अनि मेहनती योग्य हुनको लागी हो
अठठा्ईस जेठ दुई हजार एकहत्तर
बुधवारको दिन थियो जेष्ठयाम मध्यान्नको १२ वजे पारीलो धाम धौलागीरी हिमालको काखमा रहेको सुन्दरनगरी बाग्लुङ्ग औधी सुन्दर देखिएको थियो यति सुन्दर ! यस भन्दा अगाडी कहिल्यौ देखिएको थिएन यो शहर जति सुन्दर यँहाको वातावरण पनि त्यत्तिकै मनमोहक, सफा, स्वच्छ अनि कञ्चन पनि यहाका शिक्षित सभ्य मानिसहरुको मन निर्मल पवित्र सुनेको थिए हरेक सुन्दरता भित्र कुरुपता लुकेको हुन्छ चित्र भित्र विचित्र प्रतिविम्व देखिन्छ आज मलाई यो कुराको ज्ञात भयो आँखाले देखेको कुरा पनि सत्य नहुदो रहेछ
धौलागीरी बहुमुखी क्याम्पस वि.एड तेस्रो वर्षको फाईनल परिक्षाको अन्तिम दिन भोली विहान ११ वजे छात्रवृतीको लागी अन्र्तवाता हुने सुचना सायक क्याम्पस प्रमुख तथा छात्रावृृती संयोजक डम्मर वि.केले सम्प्रेषण गर्नु भयो मैले पनि फर्म भरेको थिए अन्र्तवाता दिनु पर्ने भयो अन्तर मनको भाव व्यतm गर्ने माध्याम अन्र्तवाता ! मलाई कता कता डर लागी रहेको थियो के हुने होला ? कसतो हुने होला ?
विहानैे उठेर नित्यकर्म गरी अन्र्तवाताको तयारी गदै गर्दा विहानको १० वजेको थियो वालवच्ची वेनी वस्ने भएकाले पनी वेनी नै थिए वेनी वाट हतार हतार गाडी चढेर ११ वजे अन्र्तवाता स्थलमा पुगे अन्र्तवाता चलिरहेको थियो केही साथीहरु उत्साहीत हुदै कुरा गरीरहेका थिए पनि साथीहरु संग हो मा हो मिलाएर गफ्फ्दिै थिए यति वेला सम्म वजि सकेको थियो सायक क्याम्पस प्रमुख डम्मर वि.के सर मेरो आर्दश हुनुहुन्छ जस्को प्रत्येक कुरामा मैले आँखा चिम्लेर विश्वास गर्छु सरलाई मेरो जन्मकुण्डली सम्म याद थियो मलाई पनि सरको केही मात्रमा
नुनको सोझो गर्नका लागी पोखरा वजे पुग्नु पर्ने थियो १३३ नम्वरमा मेरो पालो परेकाले पोखरा जान ढिला हुने कुरा मैले सर संग विन्तीविसाए तर नतमस्तक भए पालो कुरीरहेको थिए सँग राम्जी लेखनाथ पनि थिए उनीहरु पनि अत्तालीरहेका थिए मेरो विवस्तालाई बुझेर यसै समयमा एकजना मेरो सहृदय साथी नविन शिशिरको आगमन भयो केही समय गफ्यिर वस्यै उनको १५६ नम्वरमा रहेछ नाम ढोका भित्र नजिकै सोफामा वसीरहेका थियौ अन्तर्रवाता लिन बसेका माननिय डम्मर सर अनि मानवको रुपधारण गरेका अर्का सर मेडम साच्चै मान्छे जसतै देखिन्थे आँखा,मुख सिंगै शरीर पनि काटीकुटी मान्छेकै थियो लुगा पनि मान्छेले जसतै लगाएका थिए तर विचार भावना मान्छे संग पटक्कै मेल नखाने कस्तो अच्चम ! मलाई अस्वाभाकि लागीरहेको थियो कतै सपना देख्दै छैन् सरलाई नमस्कार गरे ! के के कुरा गरे मैले प्रस्ट बुझीन १५६ औँ को पालो आयो एउटा मुक्तक जसतै छोटो कविता सुनाए ! त्यो अन्तरवार्तामा हल मुत्तकमय भयो १२६औको पालो आयो लोक गीत गाउन गाएर गए फेरी लोक गीतमय भयो अन्तरवार्ता कोठा
कला साहित्य संगीत नभएको मान्छे साच्चै पशु सरह हुन्छ सायद यीनीहरु पनि जब्बरजस्ती मान्छे बन्ने कोशिसमा थिए मलाई पट्क्कै मन परेको थिएन अन्तर्रवाताको पनि नर्स सिमा हुन्छ ? निश्चित उद्देश्य हुन्छ ? अन्र्तवाता तथ्य प्राप्तीका लागी , विचार भावना वा सुचना प्राप्तीका लागी हुन्छ मैले बुझेको तर अन्तर्रवाता हल एउटा एउटा प्राथमिक विद्यालयको अतिरीक्त क्रियाकलाप जस्तै भद्रगोल थियो अशोभनिय थियो साच्चै भन्दा अन्तर्रवार्ता जस्तै थिएन
आफ्नो चिनेजानेको , नजिकको वा नातेदार मान्छेहरुको पालो छिटो छिटो आउथ्यो १४३, १४६,१३५, १४१ नम्वरको पालो आईसक्यो तर मेरो १३३औ नम्वर आउदै आएन मैले डम्मर सरको अभिब्यक्ती मनन् गरीरहेछु रुल बाई रुल हुन्छ के यहि हो रुल ? दिउसोको तिन वजी सक्यो मेरो पालो आएन १४२ नम्वरलाई मेडमले बोलाउनु भो तर पुलु पुलु हेर्नुवाहेक अर्को विकल्प पनि थिएन मनमा कता कता रीसले सामराज्य जमाइरहेको थियो मेरो साथी राम्जी पनी रीसले चुर भएका थिए तर के गर्ने कसैको केही लाग्ने भएन १४४ नब्बर जाँदा पनि १३३ आउदैन् धौर्यताको बाँध टुटेर नहर छताछुल्ल भयो
संवेगलाई समालेर मेडम नजिकै गए सोधे मेडम मेरो १३३औ नम्वर हो पालो कतिवेला आउछ ? मेडमले नसुने जस्तै गरेर अर्को साथीलाई वोलाउनु भो मैले पुःन सोधे ! मेरो पालो गइसकेछ नि ? मेडम मलाई गणीत आउदैन पहिला पढीन भन्दै आफ्नो घमण्ड प्रकट गदै एकै छिन बस ! भन्नीन् मान्छेलाई नैतिकताविनाको दिमागी शिक्षामात्र दिनु भनेकोे समाजकै लागी खतरा निम्त्याउनु हो भन्ने बुझेको थिए चुपचाप बसे मनभित्र तुफान चलिरहेको थियो
आज भोली विद्धान मुर्खहरुको विगविगी समाजमा त्यसैले हामी जस्ता सर मेडमका अन्धभक्तहरु बलात्कार हुनुपरेको भावनामा ढेस लागेर पलपलमा विश्वास घात सहेर यसतो विधी विधानले कसरी समाजलाई उन्नती तर्फ उन्मुख बनाउछ ? बल्ल बल्ल मेरोे नाम आदरणय मेडम ले पुर्कानु भो मानवरुप धारण गरी बसेकासरले मलाई यक्ष प्रश्न गरे ! छात्रवृतिपाउेन आधार के तिम्रो ? मैले बोले ! सर मेरो शहरमा जिर्ण भएको भए पनि तले घर नत संग विग्रेको भएपनि आईफोन आईप्याड ? नत कुनै दाजुभाई यूरोप अमेरीकामा छन् मेरो केही आधार नुहुने भो
खाली मस्तिस्क बाट बोलेको होइर्न हृदयबाट बोलीरहेको थिए आफैलाई अच्चम लागीरहेको थियो साथीहरु मुखामुख गरीरहेका थिए भकुण्डो जति दवायो त्यी उफ्रिन्छ भनेको जस्तै भो मेरो मुख बाट यसतो उत्तर आयो ? त्यसो भए तिमीलाई छात्रवृति चाहिदैनत ? अर्को सरको अर्को यक्ष प्रश्न सर ! स्वयम भन्दा दलित ,गरिव, जेहेन्दार, महिला पछाडीएका वर्ग तथा समुदायका विद्यार्थीहरु आशामा तुसारोपात भयो भयो यो भन्दा अरु के पाउनु पुग्यो साच्चै तपाईहरु महान हुनुहुन्छ तपाईको जय होस ! यति भने पछि अस्वभाविक मुद्रामा आदरणीय डम्मर सरले मलाई किन के भयो प्रकाश भन्नु भयो ? अनि मैले भने वेला वेलामा यी यसता विषयवस्तुमा कलाम चलाउदै आएको छु सरलाई पक्कै हेक्का होला ? छापामा पढ्नु भयो होला ? संचार माध्यममा पनि सुन्नुभएको अवस्य होला ? अव पनि फेरी यही हातले अर्को समाचार कथा लेख्ने सुअवसर नआवस ! भन्दा भन्दै सरले हुन्छ लेखे हुन्छ भन्दा अच्चम लागीरहेको थियो विदा भएर मनमा दुवीद्धा बोकेर पोखरा फर्किने तर्खरमा थिए राम्जीको फोन आयो मेरो बारेमा अनेकै कुरा गरीयो रे हल भित्र छात्रवृती नचाहिएर यसतो कुरा गरेको सम्म भने रे ! राजनितीक पृष्ठभुमीको कुरा पनि आयो रे ! मलाई आफ्नो अधिकार कर्तव्यको पनि राम्रो ख्याल मान्छेलाई चारैति बाट साङ्गलोले बाध्न सकिएला तर त्यको विचारलाई कदापी थुन्न सकिदैन मैले याहाँ आफ्नो कसै प्रतिको रीस राग व्यक्त गर्न खोजेको होईन, नत कसैको बारेका लेखेर चर्चा कमाउन यो विषयमा लेख्न मन छैँन् तर मन मानेन्
केही विद्धान साथीहरु जो सोही विषयमा लामो समय काम गरेका थिए कुराकानी भो त्यो साथीले राजनितीक भागवण्डा हुन्छ लगभग हिजै वसेर छात्रवृतिको टुङ्गो भैसकेको अन्तर्रवाता औपचारीकता मात्र हो भने बल्ल घोत्लीन थाले मैले दिएको अन्र्तरवार्ता को रीजल्ट कस्तो आउला ? निस्पक्ष या अगाडीको जसतो विवाद बोकेर ? यसरी पो चल्दो रहेछ हाम्रो समाज ?
केही वर्ष अगाडी पनि एकजना कमरेडले अस्पतालमा आफ्नोमान्छे भर्ति गराउदा पनि यही कुरा भनेका थिए मलाई पनि विस्तारै चिसो पस्दै गयो हो हुन पनी एउटा उच्च माविको शिक्षक नियूक्तीमा वस्दा पनि यस्तै समस्या आएको थियो
सरकारले देश विकासको मेरुदण्ड मानिने शिक्षा  क्षेत्रमा झिँगाको टाउको जति लगानी गरेको तैपनि अनेकै जन्जाल बुनेर विच विचमा छीपकलीहरुले चाटीरहेछन लक्षीत समुदाय सम्म पुग्न सकीरहेको छैन् के यसरी मान्छेले मान्छेको स्वतन्त्रता अनि हौसला खोसेर चरित्र हिम्मत बढाइदिन सक्छ ? बलीयालाई कमजोर बनाएर कमजोरहरुलाई बलियो पार्न सक्छ ? कदापी सक्दैन
अध्ययन गर्नु धेरै राम्रो कुरा हो तर अध्ययन गर्नु जागीर खान ओहदा वा पदवी पाउनको लागी नभएर जनताको सेवा गर्न अनि मेहनती योग्य हुनको लागी हो अनि वैद्धिक विकास भनेको शैक्षिकमात्र होइन , चिन्तनको विकास हो, मानस्थितीको विकास हो व्यवहारको विकास हो दिमागको विकास नगरी मानिसले कुनै विकास गर्न सक्दैन् भलै घमण्डले मान्छे फुल्दछ तर प्रगती गर्न सक्दैन
मस्तिस्कमा समझदारी, काँधमा जिम्मेवारी हृदयमा इमानदारी भएर गरीव हुनु, दलित,महिला तथा पछाडी पारीनु प्राकृतिक नियमको कारक तत्व होईन हाम्रौ संस्थाको निति, नियम कार्यक्रमको कारक तत्व हो भनेर हामीले समाजका लागी ठुलो पाप गरीरहेछौ भन्ने चेतना सोचको विकास कहिले आउला ? यी मूर्ख विद्धानहरुमा अनि अन्र्तवाता औपचारीकताको लागी मात्र नभई सत्य तथ्य विश्वसनीय सुचना प्राप्त गर्ने प्रभावकारी माध्यम बन्ला ? एउटा सत्य भ्रम वाट कहिले सम्म मुक्त होला ? बास्तविक आहत मनले राहत पाउने बातावरण कहिले बन्ला ? उन्नती भनेको धेरै हुनेहरुलाई अझ बढी थपिदिनु होईन, त्यो थोरै हुनेहरुलाई पुग्ने गरी थपिदिनुपर्छ मलाई लाग्छ धर्तीले प्रत्यकको आवश्यकता पुरा गर्न सक्छ तर कसैको पनि लालच पुरागर्न सक्दैन् अस्तु !!

पोखरा

No comments

Please do not enter any Spam link in the Comments box.