गणतन्त्रवादी सरकारका मसियाहरु ?
मैले जस्तो देख्दैछु, त्यस्तै भन्दैछु ,
जस्तो भोग्दैछु त्यस्तै पोख्दै छु किन हो
कुन्नी मेरो तालु पनि पड्कििदैछ र मुटुु पनि पट्कीरहेको छ रक्तकुण्डमै भएर होला
मेरो सिंगो जीवननै पड्किरहेछ । केही सोच्न सकिरहेको छैन । जताततै जालझेल छ ।
मनीबादीहरुको विगविगी छ । कुकुर र स्यालको हार्दिक मेल छ अनि समाज कलँकीत छ ।
सदियौ देखी जो रक्षक उही भक्षक भएको छ । यसले दलितहरुलाई सामान्य नागरिक भएर
बाँच्न पाउने अधिकारबाट बञ्चित मात्र गरदैन् उनीहरुको स्वाभिमान र आस्थामाथी
प्रत्यक्षरुपमा बलात्कार गर्दछ ।
भुइमान्छेहरु रातोदिन रगत संग पैसा साटेर । आधा पेट खाएर , एक सरो लाएर यो राज्यलाई तिरो तिरेका छन् ।
तिनै स्वाभिमानी शिरहरुमा जतिय विभेदको तिर हानिएको छ । एलिटहरु , रगत चुसिरहेका छन् । देशको अस्तिपञ्जर मात्र
बाँकी छ । सर्प, विच्छी र
भ्यागुताहरु अस्वाभाविक मोटाएका छन् । सर्पहरु हरियो घाँसेमौदान बाट लुकी लुकी
मर्म स्थलमै डसिरहेछ । सर्प उर्फ प्रहरी । प्रहरी स्वयम कानुन कार्यन्वयन गर्ने
निकाय । देश र जनताको शान्ती र सुरक्षाको लागि । र स्वभिमान र अस्मिताको रक्षा
गर्ने निकाय पनि हो । भुइमान्छेहरु निकै भरोसा गर्छन् । पत्तै पाउँदैनन उनीहरु सर्पहरु
कसरी डसिरहेको छ । सदियौ देखी जो रक्षक उही भक्षक भएको छ । यसले दलितहरुलाई
सामान्य नागरिक भएर बाँच्न पाउने अधिकारबाट बञ्चित मात्र गरदैन् उनीहरुको
स्वाभिमान र आस्थामाथी प्रत्यक्षरुपमा बलात्कार गर्दछ । र एउटा एसएसपी सार्वजनीक
पदधारण गरेको गोमन सर्प सार्वजनिक रुपमा बोल्छ ,छुवाछुत हटाउने कानून बनाउन हुदैन ।
दलित दलित हुनुपर्ने ? दमित हुनुपर्ने ? कानुन बनाएर अगाडि बढ्दा दलित र गैरदलितबीच द्वन्द्व बढ्ने ? कसरी समाज कुरुप बन्छ ? दलित भित्रका एकाध अधिकारवादी कर्मी होइन केही बेर कुर्लीन्छन् । अनि शासकले ललिपप चडाउने रु अनि चुपचाप बस्ने । सर्पहरु डसिरहेकै छन् । युगौ युगदेखी निरन्तर ।
दलित दलित हुनुपर्ने ? दमित हुनुपर्ने ? कानुन बनाएर अगाडि बढ्दा दलित र
गैरदलितबीच द्वन्द्व बढ्ने ? कसरी समाज कुरुप बन्छ? दलित भित्रका एकाध
अधिकारवादी कर्मी होइन केही बेर कुर्लीन्छन् । अनि शासकले ललिपप चडाउने ?
बैतडीकी हिरा भुल मर्नु न बाँच्नुको दोसाधमा छट्पटिएकी छिन् । पेटमा तिन ओटा
बच्चा बोकेर । जेष्ठ २२ गते सुत्केरी व्याथाले च्यापेपछि गाउँलेहरुको सहयोगमा
स्टेचरमा चढेर जिल्ला अस्पताल बैतडी पुगिन । नियत हो या संयोग । त्यहा डेलीभरी
नहुने भयो । नेपालगञ्ज जानुपर्ने भो ।
अस्पताल भुइमान्छे फाल्ने सेल्टर, मान्छे मार्ने ठेक्का लिएका चिकित्सक नामको विच्छी उपचार गर्ने त कुरै भएन
एम्वुलेन्स सहयोग माग्दा डुम,दलितहरु लाई कहा
एम्बुलेन्स मिल्छ ? जसलाई भोट दिएको हो ,उसैलाई भन, हेलिकप्टर मगा,मेरो अस्पतालको एम्बुलेन्स दिन्न , जे मनमा लाग्छ गर भन्छ । गाउँलेहरु तत्कालै हिराको नेपालगञ्ज जाने बन्दोबस्ता
मिलाए । दलितहरु एक भए । एम्बुलेन्स माग्न गएका महिलाहरूलाई मदिरा सेवन गरेर डुम
भन्दै थर्काउने मेडिकल सुपरिटेन्ड डा। गुणराज अवस्थीलाई कालोमसो दले , उनीहरु अवस्थी विरुद्ध लड्ने हिम्मत जुटाए ।
जिल्ला प्रहरी कार्यालय बैतडीमा जातिय विभेद बिरुद्धको जोहरी दर्ता गर्न गए
फेरी सर्प आफ्नो जात देखाएको छ । जाहेरी अझै लिएको छैन् । तर कालोमोसो दलेको
विषयमा अवस्थीको सार्वजनिक अपराध मुद्धा भने २४ गते नै दर्ता भयो । घटना भएकै दिन
पक्राउ गरि महिलाहरुलाई प्रहरीले उल्टै हिरासतामा राखिरहेको छ । दुख दिइरहेको छ ।
यसरी समाजमा सर्प र विच्छीहरुको विगविग बढिरहेको छ । न्याय माग्न गएका पिडितहरु
थुनामा छन् ।
मुद्धा राजनितीकरण भएको छ । दलितहरु विभाजित भएका छन् । दलित आन्दोलन भजाएर खानेहरु
। नेपालको राजनीतिक आन्दोलन भन्दा जेठो दलित आन्दोलन भनि चिल्लाउने हरु, दलित मुतिmको प्रश्नलाई राज्य सत्ता र राज्य व्यवस्थासगै जोडेर
सम्पुर्ण उत्पीडित वर्ग जाति र समुदायको मुक्तिको ढोका खोल्ने समाजवाद भन्ने सडक र
सदनमा हुनुपेर्ने कुन दुलोमा छन् ? केही सुइको छैन् ।
अछुतको व्यावहार गरिन्छ । मन्दिर प्रवेशमा रोक लगाइन्छ । म अन्यायमा परे
पिड्कलाई सजाए गरि पाउँ भन्दा उल्टै यातना सहनुपर्ने । मुद्धा खेप्नु पर्ने । गाउँ
नै छोड्नु पर्ने । उ नै समाजिक बहिस्करणमा पर्नु पर्ने ? यो कस्तो चलन हो,
गणतन्त्रवादी सरकारका मसियाहरु ?
कठै दलित र दलित आन्दोलनको नियती । कुरा यतिमात्रमा सिमित छैन् । देशमा
गणतन्त्र आयो, संविधान पनि आयो
। संघियतामा आयो । धर्मनिरपेक्ष भयो । अझै पनि दलितलाई पशुसरहको व्यावहार गरिन्छ ।
अछुतको व्यावहार गरिन्छ । मन्दिर प्रवेशमा रोक लगाइन्छ । म अन्यायमा परे पिड्कलाई
सजाए गरि पाउँ भन्दा उल्टै यातना सहनुपर्ने । मुद्धा खेप्नु पर्ने ? गाउँ नै
छोड्नु पर्ने ? उ नै समाजिक बहिस्करणमा पर्नु पर्ने ? यो कस्तो चलन हो, गणतन्त्रवादी सरकारका मसियाहरु?
मुलतः दलित मुक्ति आन्दोलन सामान्ती संस्कारद्धारा उत्पादित र रचित जातिय विभेदलाई अन्त्य गर्ने अभियान समाजिक संरचना र सामान्ती संस्कार विरुद्धको आन्दोलन भएकोले यसलाई एलिट अर्थात गैरदलितको सहभागीता सहज हुनै सक्दैन् ।
भदौरे तामागीमा दलितलाई मन्दिर प्रवेशमा रोक लगाउने पूजारी दुर्गाप्रसाद पौडेल
(देवी) जिल्ला अदालतका
न्यायाधीश शेखरप्रसाद पौडेलको आदेशमा ११ हजार रुपैयाँ धरौटी दिएर सोमबार रिहा भयो
। हिन्दुधर्मको ठेकेदार पूजारी देविले मन्दिरमा पुजा गर्न जादाँ पुजा गर्न बन्देज
गर्यो । दलित भएर मन्दिरमा पुजा गर्न आउने ? दलितहरुलाई पनि
कसैले टिका दिन्छ भनेर अपमान गर्यो । जातिय विभेद गर्यो । जातिए विभेदमा परेका
दलितहरुले त्यो घटनालाई मेडियाकरण गरे । प्रहरीकार्यलय हुदै अदालत सम्म पुग्यो ।
दलित अधिकारको प्रत्याभुतीको ठेक्का लिएको राष्टिय दलित आयोगको र अन्य अधिकार बादी
संघसस्थाहरुले स्थलगतरुमा घटना अध्यन गरे र भने जातिय विभेद भएकै हो । उ ससम्मान
गाउ शहरमा छाएको छ आयोगको तथ्याङ्क भन्छ ‘२०६८ को ऐन आइसकेपछि मुलुकभर ४३ वटा
जातीय विभेदका घटनामा मुद्दा दर्ता भएका छन,’ तर ‘ती कुनैपनि घटनामा दोषीले जेल बस्नु परेको उदाहरण छैन ।
जुन जोगी आए पनि कानै चिरको भने जस्तै देशमा जुन तन्त्र आएपनि पिडित झन पिडित छन्
। मत्स्यनयाले आक्रान्त छन् ।
यो समाज ब्राम्हणबादको खोल ओढेको समाज हो । र त्यस भित्र हामी आश्रीत छौ ।
मुलतः दलित मुक्ति आन्दोलन सामान्ती संस्कारद्धारा उत्पादित र रचित जातिय विभेदलाई
अन्त्य गर्ने अभियान समाजिक संरचना र सामान्ती संस्कार विरुद्धको आन्दोलन भएकोले
यसलाई एलिट अर्थात गैरदलितको सहभागीता सहज हुनै सक्दैन् ।
यी घटनालाई सरसर्ती हेर्दा, विचार गर्दा,
दलित विरुद्ध बोल्ने एसएसपी पवनप्रसाद खरेलले
भने जस्तै छुवाछुत विभेद हट्नै नस्कने नभए पनि केही दशक भने लाग्ने देखिन्छ ।
किनभने जातिय विभदे सिंगो मानव जिवनको लागी दुर्भाग्यपूर्ण कलँक हो । यो दलितहरुको
मात्र समस्या होइन । एलिटहरुले दलितको मात्र बनाइदिएका छन् । र दलित मुक्ती
आन्दोलनमा एलिटहरुको एक्यवद्धता, पक्षधरता स्वाभिक
रुपामा पाउन सक्दैन् । किनकी यो समाज ब्राम्हणबादको खोल ओढेको समाज हो । र त्यस
भित्र हामी आश्रीत छौ । मुलतः दलित मुक्ति आन्दोलन सामान्ती संस्कारद्धारा
उत्पादित र रचित जातिय विभेदलाई अन्त्य गर्ने अभियान समाजिक संरचना र सामान्ती
संस्कार विरुद्धको आन्दोलन भएकोले यसलाई एलिट अर्थात गैरदलितको सहभागीता सहज हुनै
सक्दैन् । सधै बागी हुन्छ । सहजरुपमा त्यसतो हुदो हो त दलितहरुको आजको अवस्था आउने
थिएन । मानिस भन्न र बन्न हिचकिचाउन पर्ने थिएन होला । अझ पनि दलितहरु विचमा फाटो
कहल , गुटवन्दी र आपसी द्धेष
देखीएको छ । यो गलत छ । यसले सम्पुर्ण दलित आन्दोललाइ नै दिशाहिन हुन्छ । स्खलीत
हुन्छ । त्यसैले समाजका शोषित दलित र बञ्चितहरु मुक्त र समृद्ध जीवनको खोजीमा
जाग्रत , एकताबद्ध र निरन्तर
संघर्षरत हुनै पर्छ ।
No comments
Please do not enter any Spam link in the Comments box.