मेरो लब स्टोरी : अन्धकार विरुद्धको प्रहार
मैले बाँचेको, मैले भोगेको
अन्यायको कालो र अन्धकार युगको क्रुर बाहुपासलाई
समाप्त गर्न
मृत्युलाई ललकारदै, अँशलाई होइन,
समग्रतालाई रोज्दै,
रुझेका परेलीहरु, थकित अनुहारहरुलाई
उमँगका राता फुलहरुले
स्वागत गर्न सँसारहल्लाउने संर्घषमा होमीएको हुन्छु ….
मलाई ओगो संग खेल्न मन पर्छ । मलाई पानी संग खेल्न औधी मन पर्छ । बाहिर बसन्तकालीन मुसालधारे बर्षा बर्सिरहेको थियो । मन त्यसै सर्सिरहेको थियो । यो मैसम सायद धेरैको मन हरेकको हुन्छ । मन त्यसै खुसी थियो । पहिलो पटक तेन्जीङ्ग सगरमाथको चुचुरोमा पुग्दा बरु कम खसी भएको थियो होला । हावाको झोक्काले गर्दा पानीका थोपाहरु झ्यालका ऐनाहरुमा बज्रिरहका थिए । र सडकमा सघन अन्धकार छाएको थियो । मेरो अन्तरआत्मामा पनि अन्धकार र उराठ व्याप्त भइरहेको थियो । शान्त र विचारको स्वर गुञ्जिरहेको थियो । खै कुन्नी किन हो । आफैलाई अनौठो पनि लागीरहेको थियो । यसो फेसबुक खोल्दै थिए
फेरी चलाउनु गोली घाइते बनाइ नराख
चितामा जल्न देउ चिन्तामा नराख
क्षमता दिलाईदेउ जिउदै म जल्न सँकु
अहिलेका चर्चित लेखक दिल निशानी मगरले स्टाट्स अपडेट गरे । यो सिमसिम बर्षातमा रुझदै सडक पेटिबाट ओहोर दोहोर गरिरकेका बैशालु नानीहरुका शरिरबाट तप्त तप्त झदै गरेको मोतिका दानाहरुले उनका शरिरलाई लुछुप्प पार्दा मेरो मन सिरिङ्ग भयो केही समयमै विस्नु चापागाइले तल कमेन्ट गरे । नसुनेको पनि होइन मानिसको बाली बुद्धिको संकेत हो ।
बाहिर निस्केर पानीमा खेल्नुपर्ने । मज्जा लिनु पर्ने । सायद म आज मोडमा छैन् । सिमसीम पानि परिरहेको थियो – निःशव्द शान्त । तैपनी आज किन उकुसमुकुस भइरको थियो । फेशबुक हेदै थिए आजकै दिन हो यो राज्य र समुदायका शासकहरुले म दलित भएको कारण कथित माथील्लो जात संग सम्वन्ध राखेकै कारण मैले टेकेको धर्तीनै भासीएला जस्तै गरी सिंगो ब्रह्माण्डनै खस्ला जस्तै गरेर मलाइ अपहेलना गरेको ।
आजैको दिन हो । क्षत्री समुदायकी चेली सरस्वती खड्का यो संसारमा कोही मानिस अछुत हुदैन् । मान्छेको अर्को जात हुदैन् र सबैको काटे रगत रातैहुन्छ । भन्दै यो सामाजिक चुनैतिलाई सहर्ष स्वीकार गरेको । सामाजिक अन्तरघुलन र समातामुलक समाज निमार्णको अभियानमा हाम फालेको ।
आजैको दिन हो । बुटवलको प्रहरीले,पाखण्डी समाजले उनी र म विहे गर्दा एक दिन चिसो सिडीमा राखेर यातना दिएको । आज हाम्रो पन्द्रऔ बर्ष गाँठ । सबै सहयोगी मन हरुलाई धन्यबाद जो जस्ले मलाई यो समाजीक आन्दोलनमा प्रत्यक्ष अप्र्त्येक्ष रुपामा सहयोग गर्नु भयो । भन्दै आफ्नो जोडिको सुन्दर फोटो अप्लोड गदै क्यापसन लेखे । बाग्लुङ्ग अमलाचौरका सुजन परियारले । उनको सफलताको कथा र राज । अघिल्लो अंकमा दलित अन्लाईनैमा छापियो ।
मलाई अनौठौ अनुभव हुन्छ । मानै कालो र विशाल जलप्रबाहले पृथ्वीलाई भित्र भित्रै खोक्रो पारिरहेको छ । र त्यो चलमलाएर भासिदै छ भने म चाँही धरातलबाट चिप्लीएर यस्तो अन्धकारमा खसेको छु जहाँ सुय पनि सदासर्वदाको लागी डुवेको छ l
मेरो घर पनि बाग्लुङ्ग । केही बर्ष पहिले सम्म जागिरको सिलसिलामा म बाग्लुङ्गनै थिए । उनी संग प्राय ः संगै बसिन्थयो । केटा केटा मिलेर गर्न मिल्ने सबै गरिन्थयो । उनी कसैको आखाँमा राखेपनि नबिझाउने मान्छे । निकै शालिन । सहयोगी र मनकारी पनि । निकै मिजासीला र पे्रमील । कठोरता एउटा कमजोर मानिसको झूटो तागत मात्र हो । भलै समाजले उनलाई अछुतको लालक्षना लगाएको छ । उनको विश्वास छ अन्धकारलाई सरापेर उज्यालो आउदैन् । समाजीकरुपमा प्रतिष्ठि उनी आर्थिकरुमा पनि सवल छन् । बैचारीकरुपमा कुनै दार्शनीक जस्तै । अन्धकार बन्द कोठामा कालो विरालो खोज्नु कठिन कार्य हो तर त्याहा सानो मात्रै प्रकाशको झिल्को छिराउन सके कालो रहने छैन् । मेरो विबाह (अन्तरजातिय) अन्धकार विरुद्धको प्रहार हो उनी भन्छन् दलित स्वयम दलित भएका होइनन । मुनुबादीहरुले सुनियोजित ढंगबाट कानुन बनाएरै बनाएको हो । अब यस्को सावा र व्याज लिने बेला आएको छ । त्यसकोलागी स्वयम बैचारीकरुपा स्पष्ट आर्थिकरुपमा सवल र सामाजिक सांस्कृतिक शैक्षिकरुमा अब्ब्ल हुनै पर्छ । दलितमाथिको विभेद हट्न समय लाग्दैन् । त्यसको लागी दलितले आफुलाई निमार्ण गर्नु जरुरी छ । नकी भगवानले बनाएको जात भनेर बसीयो । बाराजुको आगनको ठिलमा बसेर जदै गरेर हुदैन् । हामीलाई दलित भनेर होच्याउनेहरु कतै कुना बसेर पछुताएने समय आएको छ । मलाई लाग्यो । मोतिलाल नेपालीले उनैको लागी माथीको कवितांश लेखेको हुनुपर्छ ।
उनका कुरा सुनीसकेपछि मेरो मथिङ्गलमा अप्रयासित र अनौठा विचारहरु उत्पन्न भएको महसुस मैले गरे । मनुष्य नै जुनसुकै ज्ञानको मुहान हुदोरहेछ ।
अनि मैले सोधे – दाई सामाजिक रुपान्तरणको लागि अन्तरजातिय विबाह नै गर्नुपर्छ र ? अन्तरजातीय विवाहले समाज परिवर्तन होइन मान्छेको जिवन मात्र विग्रीने रहेछ भन्नेहरु पनि छन् नी ???
यो प्रश्न पनि मनुबादी भयो । मलाई हाइभोल्टेजको करेट लागे जस्तै भयो । उने भने – समाजले हामीलाई गमलाको सुन्दर फूल बनाएको छ । एउटैबारीका सयै फुल रे अनि तोरीको फुल मात्र फुलाएर बगौचाको सुन्दरता हुन्छ ?? हुदैन त्यहा सयपत्री ,मखमली र सुनाखरी फुल्न पर्छ । लालीगुराँस पनि र बोकी फुल पनि । तव पो बगौचा सन्दर हुनछ । म उनको कुरामा कन्मीन्स भए लाग्यो मान्छे जती तल्लो तहमा हुन्छ त्यतिनै ऊ जीवनको सत्यता र त्यसको पवित्र ज्ञानको निकट हुन्छ । अब गुलाबलाई बास्न छर्न सिकाउने दिन गए यसो गर्नु मुर्खता सिवाय केही हुदैन् उनले थपे यो मेरो घमण्ड होइन् अनुभव हो । संकटपुर्ण र कठिन परिक्षाबाटै नयाँ सम्भावनाको उदय हुदोरहेछ । केही हुदैन भनेर निराश हुनुहुदैन । मेहनत गर्नु पर्छ धर्यता र समाजमा केही गर्छ भन्ने इच्छा शक्ती हुनुपर्छ । आशा कहिल्यै व्यर्थ हुदैन् । यतिबेला सम्म आकाशमा सुर्य मुस्कुराइरहेको छ । झ्यालका ऐनाहरुमा फेरी तरुण सुर्यका न्याना किरणहरु परिरहेका थिए । तर मेरो आँगमा किन किन जाडो लागीरहेको थियो । उनका शव्दहरुको मादक्ताले गर्दा म लठ्ठिएको अनुभव गदै थिए । फतक्क हात गल्यो । फेशबुक वन्द गरे । र सोचे दोष सृष्टीमा होइन दृष्टीमा हुदोरहेछ ।
http://www.pearlstjournal.com/np/?p=14734
No comments
Please do not enter any Spam link in the Comments box.