एउटा सुनौलो सपना
फुल्ने समय
चिहाई रहेछु
मनमोहक
ज्यामरुककोट लेक
मायालुको शहर -बेनीबाट
अचानक
ठोक्किन्छ नजर
चम्किन्छ बिजुली
आँखामा
कसैको स्वरुपाङ्गले
र
चट्याङ तरङ्गित हुन्छ
सौन्दर्यताको
यहि हो पहिलो भेट
उनको र मेरो
२
म पहिलो भेट्मै
तिम्रो सुन्दरताले मोहित भएको थिएँ
इमान साथ आकर्षित भएको हुँ !
त्यतिनै बेला
तयार भएको हो
जीवन सखीको
रुपरेखाको मस्यौदा पनि
हिमशिला जस्तैः स्नीग्ध
दीपशिखा जस्तैः स्फटिक
तिमी
सुनाखरी र सुनगाभा जस्तै
हृदयको उपवनमा फुलेकी हौ !
धौलागिरी हिमालको
काखमा हुनु
महारानी थान - लब्ली हिल
सृष्टिको सुन्दर रचना हो
त्यही लब्ली हिलको
छाती टेकेर
पुगेका थियौं
रातो गुँरासको गाउँ
गरेकी थियौ
तिमिले
पोल्टाभरी गुँरास टिप्ने अपिल
र,
मैले जिस्किदै
भनेको थिएँ
तिम्रा मोहक र मुलायम
ओठहरुको स्पर्श देउ
म मेरो
छाती चिरेर कलेजी गुलाफ दिन्छु !
त्यो निर्जन एकान्तमा
चुम्बक झैं टाँसिएर
एकार्कामा
"चुम्बन"गर्दा
तिम्रो
चेहराको चहक
दोब्बर भएको थियो
र
त्यतिनै बेला
मलाई लागेको थियो
तिमी
एउटा सुनौलो सपना हौ
तिमी मेरो
एउटा सुन्दर बिपना हौ l
तस्बिर : गुगल
तस्बिर : गुगल
No comments
Please do not enter any Spam link in the Comments box.