भयभीत सपना
मौन सपनाहरू,सुन्दर चेहरा
लजालु आँखा,आकर्षक शरीर
बोकेर अनिश्चित भविष्य
नाइलनको झोलाभरि
यात्र गरिरहेछ
भत्किएको गोरेटोमा,उध्रिएको जीवनसँगै
एउटा बिहान
दंग परेकी छे,अहिल्या र उवर्शी
सम्झिएर आफूलाई,गुमाउन चाहान्न
न लिन नै,छट्पटिनै जीवनको
युद्ध मैदानमा,लड्दै भिड्दै
घरि रून्छे,घरि हाँस्छे
सम्झिएर आभाष
प्रेमको प्रकाश
नांगा आँखाले,नांगै मन नियालेर
कृत्रिम जीन्दगी,धकेलिरहेकी ऊ
आफ्नै श्रीमानको,मृत शरीर च्यापेर
बेहोसी बनेकी छे,पीडाले पोलिएकी
पियारका दुई थोपा,आँसुले
सारा जिन्दगी,अभिसेचन गर्दै
समयको संघारमै उभिएकी छे ऊ
यादले रेटिएर,मनमा अनेकौँ
सपना तुन्दै रंगीन सिउदो
उजाड बनाएर रंगहीन जीवनमै
देखिएकी छे ऊ यतिवेला बेला
निर्जिव शरीर बन्द बाकस मै
आएको छ उसको मनको आँगनीमा
बामे सर्न सिकेका बूढा घरका भित्ताहरू टोलाएका छन्
बचपनका सहेलीहरू, विह्वल बनेका छन्
सिउदो उजाडिएको छ, काख रित्तिएको छ
आँसुहरु गहभरी भरिएका छन्
सुकेको छ कोमल अधर,पल भरमै सुकेको छ
हरियाली जीवन,पोखियो बर्सौ पुरानो
याद आँसु हाँसो खुसी सिन्दुर पुरै भूई मै पोखियो त
प्रिया तिम्रो
सारा जीवन खुसी ।
No comments
Please do not enter any Spam link in the Comments box.