google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> जीवन या मृत्यु ? - सम्बोधन

Video Of Day

Breaking News

जीवन या मृत्यु ?





प्रियसी
मैले भने कै हो
उतिनै बेला
खुसि नै खुसीको
बहार दिन सक्दिनँ भनेर
तिमिलाई
वचन पनि त दिए कै  हुँ
आजीवन बेखुसी बनाउदिन भनेर
आखिर म
खै कहाँ आएर चुकेँ
अब तिमी आफैं भन
आफ्नो हृदय अनुवाद गरेर
⧭⧭⧭
तिम्रो खुसी कै निम्ति
सबै सबै साटीसकेँ
पैसासङ्ग- रगत
रहरसङ्ग  - खुसी
आगतसङ्ग - पुरै बिगत
फेरी पनि
तिमी संगै
हरेक क्षण कल्पनाको आकाशमा
शीर्ष–सुखमा उडान भर्न चाहान्छु ।
तिमीलई मञ्जुर छैन्???
अब के चाहान्छौ
भन
मेरो जीवन
या मृत्यु  ??

No comments

Please do not enter any Spam link in the Comments box.