सम्बन्ध !
कवि प्रकाश अधिकारी
तिम्रा
प्रेमिल नयन भित्र
निश्छल तस्विर
आफ्नै जस्तो लागेर
भावना सङ प्रीत
फुलसँग सुबास
मुटुसँग मुटु
हाँसोसँग हाँसो
आँशुसँग आँशु
साँट्दै
हार्दिकताले भरिलो हुदै
हृदयमा झाङ्गिएको
हाम्रो सम्बन्ध !
मेरा सम्वोधनहरु बिराना भएपछि,
मैले चड्ने चाहानाको शिखर पराइ भएपछि
इच्छाहरु मैदान्मै थाती राखेर
म विस्तारै असफल भए
उर्बर पर्न तिम्रो रहर।
थाहा नै भएन
कहाँ नेरी -
खुस्कयो सम्भन्धकोे नट खियलागेर
र गर्ल्याम्म भाचियो सम्वन्धको सेतु ।
मनको आँगनमा
ढकमक्क फुल्नले तर्खर गरेको
हाम्रो प्रेम कसैको एकचुम्वन संगै
कुलशित भएर आईलिएर झ¥यो
पारिजातको फुल जस्तै।
त्यसैले,
अलिऽऽऽऽऽऽकति बिचलित भएको हु।
प्रिय् !
तिम्रै खुसिको लागि
आफुलाइ तिमिमा समाहित गरेर
मायाका राता गुलावहरुले
स्वागत गर्ने जिजिविषा साँचेर
बाटोभरी ओछाइरहेछु कोमल आशाहरु।
तस्बिर : गुगल
No comments
Please do not enter any Spam link in the Comments box.