google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> देशको चित्र - सम्बोधन

Video Of Day

Breaking News

देशको चित्र

कवि प्रकाश अधिकारी

आदिम देखि अनन्त
निष्पट्ट अँध्यारोचिर्दै
स्वर्णिम बिहानी ल्याउन
एकल जात,धर्म, भाषाको
सुन्दर फुलबारी बनाएर कुरुप
सपनाहरुको अपहरण गरेर
गाउँ शहर पुराउन सिँहदरबार
रगतको होली खेलेका
उनी त 'जंगली' भैइ गए
ओढेर आबरण्मा 'राष्ट्रवाद'
भित्र भित्रै
धमिरो लागेको बूढो
पिपल जस्तै
समिरको सानो भन्दा सानो
झोक्काको स्पर्शले
लथालिङ्ग बनाएको तासको
घर जस्तै
गर्ल्याम गुर्लुम ढली गयो।

अब खै, कहाँ उस्तै रह्योर रङ
को रह्यो र ? रेड  !
देख्छु केबल -कम रेड !
घुर्माईलो~ रातो !
कालो~ रातो !
यसरी छेपारोले झै समय सङ्गै
रङ फेरिरहेको सुन्दर तस्वीर
मेरो देशबाहेक कस्को हुँन सक्छ ?



उहिल्यै जिउदो साश लिएर
पति सङ्गै सति जानू पर्ने !
सतीले सरापेको,
योगमाया न्यौपाने,
र,
भिमसेन थापाको आत्माले भड्किएको
उस्तै भएर पनि 'अछुत'
बौद्धिक भएर पनि निरक्षर
संवेदनाहिन कँकाल जस्तै
निरीह, अस्तित्वहिन
गोलभूगोल
मेरो देश नभएर के हुन सक्छ?

ब्लयाक होल झै आफैले आफ्नो उज्यालो खाएर
अरुलाई ज्योती बाडेको भर्ममा
भ्रमित हुँदै बाचिरहेको
यो अस्पट्ट चित्र
मेरो देशको बाहेक अरु कसको हुन सक्छ?


तस्बिर ;गुगल 

No comments

Please do not enter any Spam link in the Comments box.