google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> अर्थहिन नयाँवर्ष - सम्बोधन

Video Of Day

Breaking News

अर्थहिन नयाँवर्ष

सन्र्दभ अंग्रेजी नयाँ वर्ष : अर्थहिन नयाँवर्ष 
गूगल:तस्बिर

................:::..................
नयाँ वर्षको नाममा
म सँग फगत एउटा
नयाँ क्यालेण्डर झण्डीन आएको छ ।
पोहोर साल खोसीएको खुसी फर्काउन
लुटिएको अस्मिता, भाँचिएको स्वभिमान बचाँउन
जान्छु भन्दै गएको अझै फर्केन ।
छताछुल्ल छन नयनहरु
चिराचिरा छन हृदयहरु
अनि साराङ्गी जस्तै साधिँएर वस्न वाध्यता वनीरह्यो सधैभरी ।

***************

त्यसैले
यो नयाँवर्ष पनि हामी सभ्यनागरीकको लागी होइन
नैतिकता र इमानदारी हराएकाहरुका लागी हो ।
हात्तीको बाहिरी दाँत देखाएर
आफ्नो स्वार्थ पूर्ण गर्नेहरुका लागी हो ।
पोहोर पनि मुखीया ज्यूको महलमा गयो
दुखीयाको दर्दमा मलम भएन
अहिले पनि कसैलाइ केही छुनेवाल छौन ।
***
किन नत्र आज विच सडकमा एउटा लास लडिरहेछ ।
मन्त्रीपीच्छ् विकासको सागर वगेपनि
दाहा सँस्कारको अभावमा क्रमस त्यो सडिरहेछ ।

त्यो हेर्दा नयाँवर्षको कुरा गर्दा
मेरो छाती भतभति पोल्छ गर्छ ।
विश्वास छिन्नभिन्न हुन्छ ।
न पोलोस पनि कसरी न टुटोस पनि कसरी 

****************
नयाँ वर्ष त
च्यान्टे, भुन्टे र डल्लेका छोरा छोरीको
 लाज छोप्ने गरी आउनुपथ्र्यो ।
हर्के ,विर्खे र सुन्तलीको चुहिने 
स्याउले छाप्रो टाल्ने गरी आउनुपथ्र्यो ।
लुट्ने र फाल्ने गरी आउछ ।
मार्ने र मर्ने गरी आउँछ ।

********************
नयाँवर्ष ले त 
नयाँ परिवर्तन र सँकल्प लिएर आउन सक्नुपथ्र्यो ।
नयाँ विस्वास फलाउन सक्नुपथ्र्यो ।
चर्कीएको मन सिलाउन  सक्नुपथ्र्यो ।
निरस मलिन अनुहारमा 
सदा सर्वदा खुसीको वहार लिआउन सक्नुपथ्र्यो ।
किन झन डरलाग्दो अजीङ्कगर वन्दै छ नयाँवर्ष ।
किन आज पनि चिहान जस्तै मैन छ नयाँवर्ष ।
किन चुक घोप्टाए 
जस्तै चारैतिर अध्यारो लागीरहेछ नयाँवर्ष ।
*****************


No comments

Please do not enter any Spam link in the Comments box.