एक दशकको यात्राः सम्झना मात्र
राज्यको चौथौ अँग मानिने पत्रकारीतालाई सवै भन्दा स्वतन्त्र पेशा मानिन्छ । सकरात्मक सामाजिक रुपान्तरण पत्रकारीता मार्फत सम्वभव छ । देशको सहि मार्ग पहिल्याउन सहजिकरण गर्न सकिन्छ । त्यही मानेरनै म यो पेशामा संल्ग्न भएको पनि नव वषप्रवेश संगै पुग नपुग एक दशक हुन आँटेछ । यो समयमा कैयून परिवर्तन आए गोल भुगोलमा । तर मेरो जीवनमा कुनै परिवर्तनको महसुस हुन सकिरहेको छैन ् विलोम झन् झन् जटिल बन्दै छ ।
मेरो अनुभुति । मरो विश्वास । मेरो आशा । मेरो भविष्य माथीनै संक्रमणकालीन सिमा थप हुदैछ । कुस्माको एउटा विकासे सँस्थाको उत्पादनमा धौलागीरी अन्चलकै लोकप्रिय धौलागीरी एफ एमको साप्ताहिक रेडियो पत्रिका झुपडीको सन्देशबाट पत्रकारीता सुरु गरेको केही वर्ष प्रोजेक्ट सकिएको, देशमा प्रजातन्त्रको उदय संगै आत्मनिर्भर विकास मञ्च नेपालको जन्म गराएर अग्रज साहित्यकार शरद पौडेल पर्वतका दलित वस्तीहरुमा चेतनाको विगुल लिएर आएका थिए । कति सचेत गरे गरेन्न मुल्याङकन गर्ने विषय होला । त्यही सँस्थाको रेडियो पत्रिका सचेतनाको आवजको उत्पादन तथा प्रसारणमा केही बर्ष विताए भलै त्यहा पनि प्रशासन न्यायले चल्न सकेन र म पनि प्रेममा विस्वास ज्यादा गरीन् । मलाई प्रशासन मायाले होइन न्यायले चल्नुपर्छ जस्तो लाग्छ ।
विभिन्न स्थानिय पत्रिकाका रिपोटिङ गदागदै पोखराको रेडियो गण्डकीमा हाम्रो अभियान संचालन,रेडियो सफलतामा पत्रकारीता विषयको प्रमुख प्रशिक्षक, पोखरा मिडिया हाउसको प्रमुख प्रशिक्षक हुदै सेवामा समपिर्त सामुदायक रेडियो थ्रि एन्जल्स ९४।६ मेगाहर्जमा समाचार वाचक कार्यक्रम उत्पादक,रिपोटर तथा प्रस्तोताको रुपमा प्रवेश गरेर मिलनसार संगीसगै हाँसखेल गदै एक बर्ष वितिसकेछ मलाई एक प्रहर जस्तो लागीरहेछ् । यसरी विभिन्न आरोह र अवरोहका विचामा यहा सम्म असफल यात्रा गरे । यसरी केही वर्ष विताउने हो भलै भविष्य नै अन्धकार तिर हुत्तिने छ ।
यो पनि भविष्य वाणी गदैछु । भावनाहिन दुनियामा मनको लड्डु घ्यू संग खादैछु । गन्त्वय विहीन यात्राको यात्री कति समय रु त्यो समयले बताउला १ मेरो जीवन चारैरित सुन्दर चाँदीको सिक्रीले जेलीएको छ । सायद यो सिक्रीलाई चुडाउनु मेरो सुखद यात्राको सुरुवात हुनेछ । तातो दुध निल्नु न ओकाल्नु भाछ । न नयाँ गन्त्व्य पहिल्याउन सक्छु नत पुरानो वस्ती छाड्ने आँट आउछ । केही प्रगती गर्न आफु बसेको वस्ती विर्सनु पर्छ भन्ने प्रति पनि म त्यती सहमत छौन् । किनकी कर्मले मानिसलाई सफल र असल बनाउछ भन्ने मेरो मत छ । भुईमान्छेले जुनको सपना देख्नु अति त होला तर उदेश्य चन्द्र छुने नै हुनुपर्छ । तर एक दशकमा राज्यको चौथौ अँग मानिने पत्रकारीतालाई सवै भन्दा स्वतन्त्र पेशा ठाँने । नत आफूलाई केही परिवर्तन गर्न सके । जहाको त्येही छु जस्तो पो ...
No comments
Please do not enter any Spam link in the Comments box.