google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> म मान्छे होईन ! - सम्बोधन

Video Of Day

Breaking News

म मान्छे होईन !


*********************
तिमी अरुलाई लडाएरै हाँस्न सक्छौ ।

निर्धाको रगत चुसेर जुगै जुग बाँच्न सक्छौ ।

साच्चै तिम्रो रुप रङ र ढंग हेर्दा
तिमी मान्छे जस्तै देखिन्छौ ।
बिचरा म !
जेहादमा आफ्नो शिर नछोपी
बाहिर निस्कने हिम्मत गर्दिन ।
दुहबीमा रामदामको बेला
खाने आँट गर्दिन सार्बजनिक ठाँउमा बसेर म कसरी मान्छे हुन सक्छु ???



***************************



मान्छे जस्तै लाग्छ मलाई किनकी अर्काको अस्मितामाथी
ठाडो प्राहर गर्न सक्छौ तिमी ।
म जाबो टोकियो शहरमा
थुक्न समेत सक्दिन
तिमिनै भन म कसरी मान्छे हुन सक्छु ???

**************************



तिमी सिङ्गो देशलाई बन्दक बनाएर भुकम्प पीडित भएर
संसार डुल्ने साहस गर्छौ ।
जस्ता पाता खाएर !
त्रिपाल लाएर
अकुत सम्पत्ति कमाएर
बुद्दु बनाएर सारा
आखामा छारो हालेर
बिश्वकै महामानबको पगरी गुथ्न सक्छौ ।
म केबल वासिङटन ट्राफिक पुलिसलाई मुर्गा बनाएर
म फलानोको छोरो !
फलानो हु ! फुर्तिलाएर
दुई डलर घुस दिन नसक्ने
म कसरी मान्छे हुन सक्छु तेसैले म मान्छे होईन !

***********************



तिमी विश्वका जुनसुकै विश्वविद्यालयका प्रमाणपत्र किन्न सक्छौ ।
संसारमै चर्चित छौ , खुलेआम हिड्न सक्छौ ।
म मात्र वोस्ट्नमा आफ्नो जाँच
अरुलाई दे भन्न सक्दिन ! मुख देखाएर हिड्न सक्दिन
र नक्कली सटिफिकेट किन्न सक्दिन अब तिमी नै भन प्रिय म कसरी मान्छे भए ???

2072/10/1

No comments

Please do not enter any Spam link in the Comments box.