यी हुन् अबको सि.एन.एन हिरो !
“म तपाईहरुको अगाडी आफ्नो हृदय खोलेर राखिदिन चाहान्छु , म चाहान्छु तपाईहरुलाई थाहा होस् तपाईहरुको सुख र भलाईको लागी कति चाहान्छु ।” यो विचार कुनै दार्शनिक या चिन्तकको होइन् एक अनाथ बालकको अभिव्यतिm हो । यस्तो लाग्छ उनी आफ्नो मनलागेका सबैकरा खोलीदिन चाहान्छन् । गुलाबको पुष्प जस्तै पत्रैपत्र l कहिले हँसिलो, कहिले हतारीलो, कहिले गम्भिर देखीने आज भने उनी सैन्दर्यले भरिएका ति दिनहरुको वर्णन गरिरहेका छन् । ती सब कुरा बताउदैछन् जुन उनका लागी नैलो र जीवनका सबैभन्दा महत्वपुर्ण थिए । उनेले बोलेका हरेक शब्दहरु विश्वख्यात गायक खलिफाका गीतका बोली जस्ता लाग्छ । ती शव्दहरु कम्ती रहरलाग्दा छैनन् । सुन्दर गुलावका फुल जस्तै । उज्याला र रसिला । शब्दहरुको मादकताले म लठिठ्एको अनुभव गदै छु मानै उनका शब्दहरुले मेरो हृदयमा अकस्मात एउटा नया प्रेरणा जागेको छ । बढो हार्दिकता सहितको मुस्कान छ । आहा कति कोमल व्याबहार छ । लाग्छ उनी मायाका शासक हुन् मायाले एउटा मन मात्रै होइन सँसारको जितिन्छ भनेर बाजी उडान भरेका छन् । जीन्दगीका पानाहरुमा विन्नि रंगहरु पोतिरहेका छन् । उनले जे सबैभन्दा जरुरी छ सुरुवात त्यहीबाट गर्छन् । जे सम्भव छ त्यो गरिहाल्छन् र त अहिले उनले असम्वभ कार्य सिद्धि गरिरहेका छन् । र आफ्नो प्रसिद्धि र उचाइलाई दोव्वर बनाइएका छन् ।
भर्खरै मात्र उनलाई मानव बेचविखन विरुद्धको दशौँ राष्ट्रिय दिवसको अवसरमा राज्यले नगत सहित ताम्रपत्रले सम्मान गरेको छ । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले वर्षेनी हजारौँ चेलीहरुलाई नारकीय जीवन बिताउनबाट रोक्न सफल भएको भन्दै उनलाई यहि भदौ २० गते काठमाण्डौमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका प्रधान न्यायाधिस शुशिला कार्की र महिला तथा समाजकल्याण मन्त्रालयका सचिव मधुप्रसाद रेग्मील सम्मान गरे । मोफोसल अर्थात पोखारामा बसेर मानवेचन विरुद्धको अभियानमा अतुलनिय योगदान गरेको भन्दै राज्यले सम्मान पाउने पहिलो अनाथ बालक अर्थात थ्रि एन्जल्स नेपालका सस्थापक निर्देशक डा. राजेन्द्र कुमार गौतम हुन् ।
को हुन अनाथ डा.गौतम ?
बागमति अञ्चलको काभ्रे जिल्लमा आमा सानुमैया गौतम र बाबा जयनारायण गौतमको कोखबाट २०३४ साउन ४ गते डा।गौतम को जन्म भएको हो । समान्य परिबारमा जन्मेका उनले चार वर्षको कलिलो उमेरमै आफ्नो बुवा गुमाए । सानी बहिनीसँगै आमाको मायामा चित्त बुझाइरहेका उनलाई आमाले पनि ८ वर्ष पनि पुग्नासाथ छाडेर गइन् । उनलाई न बुबाको मायाँको महसुस गरे न त आमाको । केही वर्षपछि आमा पनि मृत्यु भयो । उनी अनाथ भए । आफन्तहरुको समेत साथ दिएनन् । आसियन एड नामक सस्थाले उनको उद्धार गरेर भारतमा लगेर शिक्षा दिक्षाको दिलायो । भारतमै विद्यावारिधिसम्मको पढाई सकेका उनी साथीहरुसंग घुम्ने क्रममा भारतको विभिन्न सहरमा बेचीएका सोझा साझा नेपाली चेलीहरुको पीडा सहन नसकी पटक पटक सड्ककै रुदै हिडेको उनी सुनाउछन् । चेलीहरुलाई यस्तो नारकीय जीवनबाट बँचाउन उनीहरुलाई नेपालबाटै रोक्नुपर्छ भन्ने अठोटका साथ उनी नेपाल आएका थिए ।
यसरी भयो थ्रि एन्जल्स नेपालको सुरुवात
मेरो गीत कसैले सुनोस् या नसुनोस् म उभिएको धुलोले सुनोस् म माथीको आकाशले सुनोस् –नगेन्द्र थापाको यो गीत उनको जीवनमा ठ्याक्कै मेल खान्छ । भारतमै विद्यावारिधि गरेका डा।गौतम विदेशको मोह त्यागेर स्वदेशमै मानवसेवामा लाग्ने संकल्प गरी नेपाल आएका थिए । तर आर्थीक रुपमा भने सबल थिएन । आर्थीक पाटो उनको लागी बाधक कहिल्यै भएन् । आफ्नो यही संकल्प बमोजिम दुईजना साना दृष्टिविहिन बालिकासहित डा गौतम पोखरा आए । पोखराको रामबजारमा श्रीमती शारदा गौतम, सहकर्मी भीम खत्री, रुपा खत्री थापा र मदन थापालाई साथ लिएर उनले मानव बेचविखन विरुद्धको संस्था थ्रि एन्जल्स नेपाल सुरु गरेका थिए । जिल्ला प्रसाशन कार्यलय कास्कीमा २०६५ सालमा दार्ता गरि संचालन गरिएको सँस्थाले यो बर्षमात्रै करिव चौधहजार चेलीहरुलाई नारकीय जीवन बिताउनबाट रोक्न सफल भएको छ । सस्थाका सचिव भुपेन्द्र पसाद आचार्यका अनुसार बाह्रहजार तिन सय पच्चीस चेलीलाई बेचिनबाट जोगाएको सँस्थाले चारसय विस जनालाई उद्धार गरेको छ । उद्धार रोकथाम र पुर्नस्थापनको माध्यमबाट मानव बेचविखनको अन्त्य गर्ने उद्देश्यसहित थ्रि एन्जल्स नेपाल नामको गैरसरकारी संस्था सञ्चालित छ । संस्थाकै पहलमा नेपाल भारत सिमा नाकाहरु कञ्चनपुर, धनगडी, नेपालगञ्ज, कपिलवस्तु, भैरहवा , चितवन र काठमाण्डौ गरि सात ओटा चेकपोष्टहरु खडा गरिएको छ । चेकपोष्टहरुमार्फत उद्धार तथा रोकथामको काम गर्दै आएको छ भने पुर्नस्थापनका लागि संस्थाको नयाँगाउस्थित सेफ होम सञ्चालन गरिएको छ, जहाँ बेचविखनको जोखिममा रहेका तथा उद्धार गरिएका महिलाहरुले सीपमूलक तालिम समेत लिईरहेका छन् ।
रेडियो देखी मिसन स्कुल सम्म
उद्धार रोकथाम र पुर्नस्थापनको माध्यमबाट मानव बेचविखनको अन्त्य गर्ने उद्देश्यले स्थापना भएको थ्रि एन्जल्स नेपाल एक सेवामा समर्पित गरैनाफा मुलक गैरसरकारी संस्था हो । पोखराको नयाँ गाउँ १५ स्थित प्रधानकार्यलय रहेको सस्थाको नेपाल भारतका विभिन्न सिमा नाकाहरु कञ्चनपुर, धनगडी, नेपालगञ्ज, कपिलवस्तु, भैरहवा , चितवन र काठमाण्डौमा सात ओटा शाखाकार्यलय रहेका छन् । पोखराको इन्द्रचोक स्थीत शुभतारा थ्रि एन्जल्स ईन्टरनेशनल मीसन स्कूलपनि सञ्चालन गरेको छ । जहाँ १७८ अनाथ तथा बेसहारा बालबालिकाले स्पोन्सरमा आवसिय सुविधा सहित अध्यायन गरिरहेका छन् । स्कूलका प्रिन्सिपल रमेश पाण्डेका अनुसार अन्य करिब ५०० विद्यायाथीहरु यही स्कुलमा अध्यायन गरिरहेका छन् । भर्रखरैमात्र जिशिका कास्कीबाट मावि सञ्चालनको अनुमति पाएको स्कुलले अब व्याङ्ककको प्रतिष्ठित विश्वविद्यालबाट मान्यता पाउने भएको डा.गौतमले जानकारी दिए । केही दिन अघिमात्र व्याङ्ककको भ्रमणबाट फर्केका उनले भने मैखीक कुरा मिलीसक्यो अव लिखत गर्न बाकी छ । त्यस्तै सस्थाले आमसञ्चारको माध्यमबाट सचेतना जगानउने उदेश्यले सामुदायिक रेडियो थ्रि एन्जल्स ९४.६ मेगाहर्ज पनि संञ्चालन गरेको छ । स्टेशन म्यानेजर गणेश कुमार श्रेष्ठकानुसार रेडियोले नेपाली चेलीलाई बेचविखन हुनबाट जोगाउने र उद्धार गरिएका चेलीहरुमा ससम्मान समाजमा पुर्नस्थापना गर्न सघाउने उदेश्यले तयार पारिएको कार्यक्रम नेपाली चेली , स्वास्थय र निरोगी समाज निर्माण्मा सहयोग गर्ने उदेश्यले उत्पादन गरिएको कार्यक्रम स्वास्थयनै धन हो देशभरका विभिन्न ४० ओटा रिले रेडियो स्टेशन बाट ७० जिल्लामा आफ्नो प्रसारण पुर्याएकोछ । सँस्थाको दिगोविकास आत्मनिर्भर बनाउनको लागी विभिन्न आम्दानी प्रदायक विभागको पनि सञ्चालन गरिको छ । जस अन्र्तगत बेकरी उद्योग र थ्रि एन्जल्स शुद्ध पिउने पानी बोरीङ्ग संचालित छन् ।
अबको गन्तव्य सि.एन.एन हिरो !
भारतमै विद्यावारिधिसम्मको पढाई सकेका उनी विदेशी रंगीचंगी जीवन शैलीले कहिल्यै छोएन् बारु मुम्वई सहरमा बेचीएका सोझा नेपाली चेलीहरुको पीडाले उनको हृदय छियाछिया बनायो । तत्कालै उनेले विचार गरे म मेरा दिदिबहिनीहरुलाई यो नारकीय जीवनबाट बँचाउन केही गुर्नपर्छ । भारतका विभन्न सहरमा पुग्ने नेपली चेलीका चित्कार बुझेर उनले नेपालबाटै रोक्नुपर्छ भन्ने अठोटका नेपाल आएका उनी अन्नत आफ्नो योजनामा सफल भएका छन् । नेपाल सरकारको सम्मान थापेर पोखरा आएका उनीले बुधबार थ्रि एन्जल्स नेपालमा सम्पूर्ण कर्मचारीहरुले आयोजना गरेको बधाई दिने कार्यक्रममा भावुक हुदै भने म अहिले सम्म कति करोड पौसा देश भित्रयाए । विदेशी संघसस्थाहरुले कति सम्मान र सहयोग गरे तर पनि आज सरकारले आफ्नो कामको मूल्याङकन गरी सम्मान गर्दा सवै भन्दा खुसी लागेको छ । थप जिम्मेबारी बोध गरेको छु । डा.गौतमलाई शुभकामना व्यतm गर्दै सस्थाका कार्यक्रम तथा वित्त निर्देशक डा.मदन थापाले गौतमलाई म्याजिक म्यान भएको बताए । आफुपनि अनाथ भएको बताउदै थापाले आफुलाई याहा सम्म गौतमले नै ल्याएको बताए । एक अनाथ बालक अहिले हजारैको साहरा हुने चानचुनेकुरा होइन् । गौतमकी श्रीमती शारदा गौतम भन्छिन् उनी जागा अवस्थामा ताजा सपना देख्ने एक आर्दश ड्रिमर हुन् । उनी सपना मात्रै देखेर मख्ख प्रदैनन् सपना भेट्टाउन घोडा जस्तै दौड्न्छन् । मलाई पनि लाग्यो तिमी साच्चै ड्रिमर हौ । तिम्रो क्या छ सपना ! तिमी नेपाली जोन एफ केनडी हौ । हिजो सम्म असम्भब लागको काम आज सिद्ध गरी आफ्नो क्षमता देखाइसक्यौ । तिम्रो लागव, विना स्वार्थ सेवा र सपना देखे पछि अव म पनि भन्न सक्छु तिम्रो गन्तव्य दुर छैन् । राष्ट्रिय घेराबाट नाघेर अन्तर्रा्ष्ट्रिय रुपमा तिम्रो योगदानको कदर हुने छ । म यो भविष्यवाणी गर्दछु ! अवको सि.एन.एन हिरो तिमी नै हौ । तिमी जस्तो असल राष्ट्रप्रेमी मानवनै श्रेष्ठ र गौरवान्वित हुनेछौ । तिम्रो हृदय भित्र पुरा विश्वनै अटाउन सकोस मेरो ससत शुभकामना !
No comments
Please do not enter any Spam link in the Comments box.