पुरातन सामन्तवादी चरित्रको विपक्षमा - प्रकाश गुरागाईँ
उन्मुक्त पुस्ताका अभियन्ता कवि प्रकाश गुरागाईँलाई केवल ५ प्रश्न
![]() |
प्रकाश गुरागाईँ |
१ । तपाईको लागी साहित्य के हो ?
साहित्य समाजको ऐना हो । समाजलाई बाटो निर्देशित गर्ने सामाग्री हो ।
२। अहिलेको नेपाली साहित्यको समग्र स्थिति कस्तो छ ?
अहिलेको नेपाली साहित्यले सामन्तवादी र पुरातन विचारधाराविरुद्ध संघर्षको रुपमा उदाउँदैछ । अहिलेसम्म खास जाति र समुदायलाई मानक बनाएर साहित्यको रचना भयो । अहिले त्यसलाई चिर्ने क्रममा नयाँ मानकको निर्माण भइरहेछ । त्यो भनेको विभेदमा परेको समुदाय र संस्कृतिलाई पनि साहित्यमा स्थान दिनु हो । खासगरी अहिले दलित सौन्दर्य, किराँत सौन्दर्य र अन्य मौलिक संस्कृतिलाई पनि भित्राउने क्रम सुरु भएको छ । जसले पुरातन सामन्तवादी चरित्रको विपक्षमा साहित्यलाई उठाउने काम गरेको छ ।
३। साहित्य लेखेर बाच्न सक्ने अबस्था छ कि छैन ?
साहित्य कुन स्तरको लेख्ने र कसका लागि लेख्ने भन्ने कुराले बाँच्ने कुरा निर्धारण गरेको हुन्छ । कमजोर र फगत कलाविहीन नारा लेखनले बाँच्न सक्नुपनि हुन्न । फेरि साहित्य लेखेर घर बनाउने भन्ने कुरा पनि होइन । तर, राम्रो साहित्य लेख्नेहरु लेखक भएरै बाँचिरहेका पनि छन् । अहिले पढ्ने ‘ट्रेन्ड’ बढेको छ । यसले लेखकलाई लेखेरै आत्मनिर्भर बन्न सघाएको छ ।
४। के रहेछ त बास्तवमा जिन्दगी भनेको ?
जिन्दगी संघर्ष हो । डार्विनले पनि भनेको कुरा यही हो । समाजमा पनि जो संघर्ष गर्न सक्छ त्यसले अस्तित्व कायम गर्न सक्छ । संघर्ष गर्न नसक्ने हराउँछ । त्यसैले हामीले साहित्यमार्फत संघर्षका लागि प्रेरित गर्ने हो ।
५। अन्त्यमा, नयाँ लेखकहरुलाई के सल्लाह दिनु हुन्छ ?
म आफैं पनि पुरानो लेखक होइन । त्यस्तो सल्लाह दिने हैसियत नहोला । तर, लेखन भनेको निरन्तरता पनि हो । निरन्तर लेखाइले नै सफल बनाउने हो । तर, लेख्दा समाजप्रति जिम्मेवार बनिदिनुहुन आग्रह गर्छु । उन्मुक्त पुस्ताको अभियन्ताको हैसियतले पनि जिम्मेवारीपूर्ण लेखनको लागि आग्रह गर्छु । हाम्रो आन्दोलन त्यसतर्फ नै केन्द्रित छ ।
पर्ल स्ट्रीट जलर्नको लागी प्रकाश अधिकारीले गरेको इमेल सम्वाद
http://pearlstjournal.com/np/?p=6205
पर्ल स्ट्रीट जलर्नको लागी प्रकाश अधिकारीले गरेको इमेल सम्वाद
http://pearlstjournal.com/np/?p=6205
No comments
Please do not enter any Spam link in the Comments box.