म कवी होइन, मेरा कविता कविता होइनन्
अचेत मानव हृदयमा चेतनाको वाढी ल्याई
सचेत पार्न सक्नुपथ्र्यो सकिन त्यसैले
म कवि होइन मेरा कविता कविता होइनन् ।
अतितको पीडामा पिल्सीएका पीडित मनहरुलाई
निकासा दिलाउन सक्नुपथ्र्यो सकिन
त्यसैले म कवि होइन मेरा कविता कविता होइनन् ।
यि अराजकता अनैतिकता दण्डहिनता
र पराधिनताको तुवालोलाई छिचोल्दै ,
छिमल्दै आसाका दियालाहरु वाल्न सक्नुपथ्र्यो सकिन्
त्यसैले म कवि होइन, मेरा कविता कविता होइनन् ।
भन्दा सामान्य तर भोग्दा काहाली लाग्दो................
पलपलमा हजारौ चोटहरुले आहात मन अनि
थिल्थीलिएको हृदयमा शितलाताको मलमपट्टी लगाउन सक्नुपथ्र्यो
सकिन् त्यसैले म कवि होइन, मेरा कविता कविता होइनन् ।
अन्तमा पाउनु र गुमाउनुको अर्थ्हिन युद्धमा
विजयीवनी मृगतृष्णालाइ प्रस्टाउन सक्नुपथ्र्यो सकिन
त्यसैले म कवि होइन, मेरा कविता कविता होइनन् ।
![]() |
prakash biheen |
No comments
Please do not enter any Spam link in the Comments box.