सुनिता भन्छिन्ः कष्टसंग हारिन्, पीडाबाट बाँच्न सिकेँ
जीवनका कथाहरुमा छताछुल्ल आँशुहरु छन् । तर आँशुहरु मात्र भने छैनन् । चौतर्फी चोटहरु छन् । तर चोटहरु मात्र भने छैनन् । आँशुले निथ्रुक भिजेको र चोटहरुले थिलथिलिएको ज्यान लिएर बेफिक्री हाँसिरहन्छन् । तिनै संघर्षशिल जीवनहरु । र तिनै खुलेका ओठहरुबाट मधुरो आवाज निस्किरहेछ ः म उन्मुक्ती चाहान्ँछु । म न्याय चाहान्छु । म कष्टसंग हार्न चाहान्न्, पीडाबाट प्रेरणा लिएर पुनः उन्नत मानविय जीवन जिउन चाहान्छु ।
हाम्रा समाजिक चिन्तन, संस्कार , मुल्य मान्यता, आस्था र कानुन सबै सबैको अन्याय र अत्यचारले थिलथिलिएको तमाम भुईमान्छे हरुको कथा व्याथा एउटै छ । एउटै भने छैन् । उनीहरको जीवनलाई नजीकबाट हेर्दा ढुँगे जुगको कथा पढेजस्तो लाग्छ । तर अचम्म यो तस्विर एकाइसौँ सताव्दीकै हो । हामीले अहिले बाँचिरहेको र निमार्ण गरेकै समय र समाजको हो ।
एकातिर दलित हुनु र अर्को तिर महिला । महिला जातिभेद र लिंगभेदका लागी संसारमै बदनामी कमाइरहेको नेपालमा पीडाको प्रर्यायबाची बन्न पुगेको छ दलित महिलाको नाम । यो मनुबादी समाजमा दलित हुनु । दलित गरीवहुनु अझ महिला अव के चाहियो ? उनीहरुका पीडा भनेर भनि साध्य छैन् । लेखेर लेखि साध्य छैन् । अथाह नै छन् । हामीले कल्पना गरेको समतामुलक सुन्दर समाजभन्दा निकै दुर छन् । आधुनि संसारको चहल पहल भन्दा उनीहरु धेरै टाढा छन् । समाजका उत्पीड्क मानिसहरुलाई सुन्दर सपना देख्न नसक्ने, आफ्नो सुन्दर सपना साकार पार्न नसक्ने अवला बस्तुका रुपामा फेर्न र हेर्न चाहान्छन् । सोझो पनको फाईदा उठाउन चाहान्छन् । मान्छेलाई अमानविय प्राणीका रुपमा फेर्ने काम गर्न उद्त छन् ।
प्रेमीले प्रेमीकालाई “प्रेम” प्रेम गरेकै कारण आत्महत्या गर्न बाध्य पार्ने समाजले एकलमहिलालाई मान्छे मान्दैन् । सामाजिक बहिष्कार गर्छ । बोक्सी भन्दै मनमुत्र खुवाउँछ । अनि सोचै यो समाज कता जाँदै छ ? कति उन्नत छ ? । मागेजती दाईजो नलिएको निहँुमा मट्टितेल छर्केर जीउदै जलाउने यो समाजले एउटा बलात्कृत महिलालाई साथ देला ? नेभर । यो कल्पना बाहिरको छ । उनीहरु मर्नुको बिकल्प छैन् । तर अर्को सत्य पनि छ । यही समाजमा यस्ता पनि भुईमान्छेहरु छन् जो सिंगै समाज र राज्यलाई चुनैति दिन्छन् । आशाका दियालाहरु बालिरहन्छन् । सदैव मध्यदिनमा सुर्यग्रहण लाग्ने समाजमा दिपावली मनाउन आग्रह गर्दछन् । यसको उदाहारण हुन सुनिता परियार ।
पीडाबाट प्रेरणा लिने सुनिताको उमेर २१ वर्ष मात्रै भयो । उनको पुर्खेउली थताथलो बाग्लुङ्गको मुलपानीमा पर्छ । पुरानो रस्ती वस्ती बाग्लुङ्ग भए पनि उनको जन्म भारतमै भयो । परिवार संगै बस्दै आएकी उनीले शिक्षा दिक्षा उतै लिईन् । “यो संसारमा कुनै मान्छे खुसी छ भने त्यो म नै हुँ भन्ने लाग्थयो” सामान्य परिवारमा जन्मेकी परियार परिबारको खुसी र साहारा एकलै थिईन् । उनका कोही साथीहरु कलेज जान थाले । केही नोकरी गर्न थाले । मेरो सामान्य परिवार भएकाले परिवारलाई सघाउनु मेरो जिम्मेबारी थियो । परिबारमा सल्लाह भयो । मैले नोकरी गर्ने निधो गरेँ । हामी निकै खुसीमा रमाएका थियौँ । म नजिकै शहरको नामी होटलमा काम गर्न थालेँ । परिवारको समान्य खर्च टार्न सहयोग भएको थियो । मासिक पौसा आउथ्यो । बाबा आमालाई तनखा हातमा राखिदिदा खुसीका आँशुहरु बगाउनु हुन्थ्यो । आफ्नो छोरीको खुसी र सफलतामा कुन अभिभावकको मुटु गर्वले नफुल्ला ?
समय यसरी नै बग्दै थियो । खुसी र उमँगका छालहरु उनलाई नै पछाईरहेका थिए । खुसीको सगरमाथा चुलिदै थियो । तर अचानक उनकी खुसीमा कसैले पछाडी बाट धारीलो छुरा प्रहार गर्यो । उठ्नै नसक्ने गरी संघर्ष र मेहनतको धरोहरा गोर्खा भुकम्पले ढलाईदियो । उमंगको संसार औँशीको रात बन्यो । उनका सारा इच्छा चाहानाहरु बगमतिमा बगे । गहभरी आँशुको टिल्पिलाउदै भनिन् “लाखलाख कोसीस गरे तर पशुहरुको पञ्जाबाट उम्कन असफल भँए । “ यसरी उनी कार्यस्थलमै करणीमा परिन् । विरक्तीए र हिड्नि । घरपरिवार त्यागिन् । मलाई थाहा छैन् मेरो अर्धमृत शरिरसंग कति कसरी खेले । म त्यो अतित सम्झीन चाहान्ँन् । बल्की म त्यो शोकलाई शक्तmीमा रुपान्तरण गरेर पुन बाँच्ने कोशिस गरिरहेकी छु ।
१८ बर्षको भरिलो उमेरमा रुपन्देहीको बेलहिया नाकामा बेबारिसे अवस्थामा भेटिएकी हुन् । सुनिता । उनलाई थ्रि एन्जल्स नेपालको रुपन्देही शाखाले उद्धार गरेर तीन बर्ष पहिले संरक्षण गरेको हो । मानव बेचविखनविरुद्धकाम गदैआईरहेको संस्था थ्रि एन्जल्स नेपालले मानवबेचविखनमा परेका र पर्ने जोखिममा रहेकाहरुलाई उद्धार गरी उनीहरुको चाहनानुसार विभिन्न सिपमुलक तालिम दिएर आत्मनिर्भरताको बाटोमा हजारौलाई उभाएको छ । अहिले दुई बर्षको छोरा सहित थ्रि एन्जल्स बेकरीमा काम गदै आएकी सुनिता यहाँ आएर निकै खुसी छिन् । “मलाई थ्रि एन्जल्स नेपालले दोस्रो जीवन दियो । मेरो छोराको भविष्य थ्रि एन्जल्स नेपालनै हो” रुपन्देहीको बेलहिया नाकामा संस्थाले भेट्दा उनी अर्धचेत अवस्थामा थिईन् । आफु को को ? घर कहाँ हो समेत भन्न नसक्ने उनी पुरै होस गुम्न मात्रै बाँकी थियो भन्नु हुन्छ संस्थाका अध्यक्ष शारादा खत्री गौतम । पेटमा दुई महिनाको गर्भ बोकेर आएकी सुनिताको जीवन यति छिटो सुधार होला भन्ने लागेको थिएन । तर के थाहा थियो भने उनी हाम्रो संरक्षणमा रहेको हुँदा निको हुने पक्का थियो । जिल्ला प्रहरी कार्यलय, महिला तथा बालबालिका कार्यलय रुपन्देहीको समन्वयनमा संस्थाको सेफ होममा राखेको उनको मानसिक शारिरिक अवस्था पनि कमजोर थियो । उनलाई संरक्षणमा राखेर स्वाथ्य चेकजाँच गरियो, निरन्ँतर परामर्श तथा उत्प्रेणा दिनेकामा सस्था लागी रह्यो । स्वाथ्य चेकजाँचको क्रममा उनको पेटमा २ महिनाको गर्भ भेटियो । केश झन जटिल र संबेदनशिल भयो । त्यसपछि सँस्था झन सम्बेदनशिल वन्यो र उनको लालन पालन स्यार सुसारमा जुट्यो । उनी केही “बोल्ने” केही आफ्नो कुरा केही भन्ने भईन् । उनको कट्कटीएको ओठमा फेरी आशा र भरोसाको मुस्कान फल्न थाले । संस्था पनि खुसी हुनेनै भयो । पेटमा बच्चा बड्दै थियो ।
मलाई झन् झन् पीडा र आत्मागलानी हुन्थयो । सुनिता भन्छिन्ः भागरे जाँउ जस्तो पनि लाग्थ्यो । बेलाबेला । संस्थाले निरन्तर परामर्श दिदै गयो । सम्झायो । माया गर्यो । फकायो फूल्यायो । उनले संस्थाले उद्धार गरेर यहाँ ल्याँउदा कता कता डर पनि लाथ्यो । अव म जेततेन बाँचे । यो पेटमा हुर्किदै गरेको बच्चालाई कसरी हुर्काउने ? त्यस पछिका दिन कसरी बाँच्ने ? तर अहिले म संस्थाकै बेकरीमा काम गर्छु । यहीँ बस्छौँ । मासिक पौसा जम्मा गर्छु । कमाएको पौसाबाट आफूलाई चाहिने सानो तिनो खर्च पनि गरिरेकी छु । अहिले थ्रि एन्जल्स नेपालमा आएर हराएको आशा जागेको छ । गुमेको आत्मविश्वास जागेको छ । मेरो सपना साकार भए जस्तो लाग्छ । मैले जे चाहे त्यो पाएँ । तर त्यसको लागि मैले के के गर्नु पर्यो त्यो केवल मलाई मात्र थाहा छ , मेरो जीवन यसको प्रमाण हो । संस्थालाई धेरै धेरै धन्यबाद दिन चाहान्छु ।
No comments
Please do not enter any Spam link in the Comments box.