लेखक स्वतन्त्र भएर लेख्नु पर्छ,कुनै वादमा अल्झिनु हुँदैन् – कवि समा श्री
![]() |
समा श्री |
पाँच प्रश्न कवि समा श्रीलाई
तपाईँको लागी साहित्य के हो?
आफूले आफूलाई भित्री तवरबाट चिन्न, सुधार्न र अभिव्यक्त गर्ने माध्यम हो । साहित्यमा लाग्ने व्यक्ति आफू कहिल्यै एक्लो हुन्न जस्तो लाग्दछ |
अहिलेको नेपाली साहित्यको समग्र स्थिति कस्तो छ ?
नेपाली साहित्यमा अहिले वर्तमान राजनीतिको प्रभाव छ, परिप्रेक्ष र देशको अवस्था अनुसार यो स्वाभाविक पनि हो । यसैको प्रभावमा साहित्य लेखनमा आक्षेप या नारा ज्यादा गुञ्जिएर समस्या मात्र देखाउने कार्य भइरहेको छ, बाटो देखाउने र समाधान दिने खालका अलि कम लेखिएका हुन जस्तो लाग्छ । कुनै पनि विधामा लेखनकै कुरा गर्दा पनि समाजमा शान्ति, सुशासन कायम भएर समाज अविचलनमा नभएसम्म श्रृंगार, तर्क, दर्शन, मानवता, विश्वभातृत्व आदि विविध विषयमा कम लेखिदैछन् र ती एकातिर भिडमै अल्मलिएका छन् |
साहित्य लेखेर बाच्न सक्ने अवस्था छ कि छैन ?
साहित्य लेख्नु आत्मसन्तुष्टिको लागि मात्रै हो भन्दा फरक पर्दैन |
विश्व साहित्यमा नेपाली साहित्यको स्थान कहाँ नेरी देख्नुहुन्छ ?
विश्व साहित्यमा नेपाली साहित्यको स्थानको कुरा गर्नु पर्दा नेपाली साहित्य अन्य भाषामा उल्था हुन सकेका छैन, जति नेपाली साहित्यलाई विश्व साहित्यमा संलग्न गराउन सक्यो त्यति नै नेपाल चिनाउनु हो । राजनीतिक प्रभावका कारण अहिलेको नेपाली समय र समस्यालाई मात्र सम्बोधन गरिरहेका छन् लेखक, साहित्यकारहरुले विश्वकै समस्यालाई सम्बोधन गरिरहेको छैनन् |त्यसैले हामीले हाम्रो साहित्यलाई विश्व साहित्यमा स्थान बनाउन सकिरहेका छौ जस्तो मलाई लाग्दैन |
लेखकहरुलाई के सल्लाह दिनु हुन्छ ?
लेखकहरुलाई सल्लाह दिने हैसियत म राख्दिन, मात्रै म एउटा साहित्यको विद्यार्थी हुँ तर यति भन्न सक्छु कि लेखकले स्वतन्त्र भएर लेख्न पाउनु पर्छ अथवा लेख्नु पर्छ कुनै वादमा अल्झिनु हुँदैन देश ,समाज र परिस्थितिलाई सधैँ सम्बोधन गरेको हुनु पर्छ | प्रश्न धेरै गरियो अबको लेखनमा समाधानको बाटो पनि हुन जरुरी छ नारामा मात्रै सीमित हुनु हुन्न भन्ने मान्यता राख्दछु |
काठमाडौं
हाल :इजरायल
धन्यवाद prakashbiheen.blogspot.co.il
ReplyDeletetq dear poet !
ReplyDelete